Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

कोरियामा E-9 भिषाबाट E-7 परिबर्तन गर्ने प्रक्रिया

दक्षिण कोरियामा दक्ष कामदार भित्रयाउनको लागि बनाइएको भिसाको प्रकार हो E7 । यस अन्तर्गत विभिन्न सम्बन्धित क्षेत्रमा ज्ञान सिप दक्षता हासिल गरेका प्रवासीहरुले आवश्यक प्रकृया पुरा गरी यो विशेषज्ञ कामदारको लागि दिईने भिसा प्राप्तको लागि आवेदन दिन सकिन्छ । यहाँको अध्यागमन विभागले विदेशी कामदारहरूलाई यस अघि उपलब्ध गराउदै आएको दक्ष कामदार भिसा (E-7)मा परिवर्तन गरि केहि खुकुलो बनाइ २०१४।०४।२८बाट लागु गरेको छ ।

दक्षता भनेको के हो ?
दक्षिण कोरियामा खास गरी नेपालको सम्बन्धमा ईपिएस बाट ई ९ भिसा मार्फत कार्यरत नेपालीहरु बहुसंख्यक रुपमा रहेका छन । E-7 भिसा भन्नासाथ यो भिसा परिवर्तनलाई सोझै ई 9 को भिसामा आएका या भनौ ईपिएस मार्फत आएका कामदारलाई थपिने या भिसा परिवर्तन गरिने भनि सोझो अर्थमा लिएको पाइएको छ । यसकारण पनि यो विदेशीकामदारको लागि झन्झटिलो प्रकृया उपयोगी हुन नसक्ने जस्ता कुराहरु आएका छन । जसको कारणले यस बारेमा आशा भन्दा निराशा छाएको पनि पाईएको छ । कतिपय त यो प्रवासी कामदारको आखामा छारो हाल्ने काम मात्र हो पनि भनिरहेका छन ।

तर केही अनुभवी कोरियाका नेपालीहरु भने यो प्रकृयाबाट नेपालीले फाईदा लिन सक्ने बताउछन । यसमा दक्षता भन्ने कुराले के हो दक्षता कसको छ कसको छैन कसरी दक्ष हुन र पाउने भन्ने विज्ञासा अलि बडि मात्रामा देखिने गरेको छ । दक्षता भनेको तपाईले गर्नुभएको काममा नै पाउने तपाई बडि अनुभवी हुनु हो । तपाईले लगातार गर्नुभएको निश्चित प्रविधि वा प्रकृतिको काममा हासिल गरेको अनुभव पर्दछ । दक्षिण कोरियामा धेरै नेपालीहरुले आफुले गर्ने काममा दक्षता प्राप्त गरेका छन । नेपालीले गरेको कामलाई प्राथमिकतामा राखेर नै दक्षिण कोरियाले धेरै संख्यामा नेपालीहरु भित्रयाउन लागेको पनि छ । यस अर्थ कोरियामा रहेका कामदारले आफुले गरेको काम अन्तर्गतको गहिरो ज्ञान नै दक्षता हो । तर सबै प्रकृतिको काम गर्ने व्यक्ति या सबै कामदारले E-7 भिसा पाउछन नै भन्ने पनि होईन ।

कोरियाका E-9, E-10, H-2  भिसामा रहि काम गरि रहेका  मजदुरहरु मध्ये दक्षता भएको प्रमाणित भएमा उनीहरुलाई E-7 भिसामा परिवर्तन गर्न पाउने छ । तपाईले आफुले गरेको काम सम्बन्धमा बुझेर सम्बन्धित कामको प्रकृति छुटयायर कम्पनी समेतको अनुमति लिई ईमेग्रेसनले संचालन गरेको तालिम जसलाई साहवे योङहाप भनिन्छ लिन सकिन्छ । उत्पादन कृषि का विभिन्न पक्षमा विषेश ज्ञान तथा सीप दक्षता हो । फिसरिङ कृषि अन्तर्गतका काममा तपाईले गरेको काम कुन शिर्षकमा दक्षता पर्छ तपाईले प्रयोग गर्ने मेशिन काम गर्ने कम्पनी गर्ने काम जस्ता कुरामा निर्भर हुन सक्छ । यस विषयमा सम्बन्धि कामको सिप को विभाजन स्पष्ट भएपछि मात्र थाहा पाउन सकिन्छ ।

यो ईपिएस अन्तर्गतको सबै कामदारलाई भिसा परिवर्तन गर्ने कुरा नभई दक्ष कामदारलाई लामो समय काम गर्न दिने अनुमति भिसा हो । काम सम्बन्धी दक्ष र अनुभवी कामदारलाई कम्पनीले समेत राख्न चाहने हुदा सरकारले समेत यस्ता व्यक्तिहरुलाई E-7 भिसा लिई बस्न सक्ने व्यवस्था गरेको हो ।

E-7 भीषामा कम्पनिको प्रकार :
 E-7 भीषामा कम्पनिको प्रकारमा पूरीसानअब (뿌리산업) र छेजोअब (제조업) गरी दुई प्रकार हुन्छन ।
पुरी सानब (뿌리 산업 रुट कम्पनी) मा पाईन हाल्ने काम, वेल्डीङ गर्ने काम , ग्रेन्डिङको काम , सामान पगालेर पुन बस्तु बनाउने , हातले तयार गर्ने काम , गाडीको पार्ट पूर्जाको काम पर्दछ, भने यो भन्दा बाहेकका कम्पनि  छेजोअब (제조업) अन्तर्गत पर्दछ ।

कोरियामा काम गर्ने विदेशी अदक्ष कामदार (E-9) ले दक्ष कामदार भिषा (E-7)को लागी पदावधिका लागि निम्नानुसारको सर्त पुरा गर्नुपर्नेछ :

१) कोरियामा 4 वर्ष कुनै पनि कम्पनि वा Agriculture मा काम गरेको हुनुपर्छ!  पुरी सानप भए 3 वर्ष (Example 2006 देखि 2016 सम्ममा कुनै पनि कम्पनी 4 वर्ष काम गरेको हुनुपर्छ (कम्पनी फेरेको भए पनि हुने) ।

२) उमेर ३५ बर्ष  पुरी सानपमा भने 39 वर्ष ननाघेको हुनुपर्ने ।

३) युनिभर्सिटी वा डिप्लोमा पास हुनुपर्ने गरेको हुनु पर्ने र पुरी सानप भए A वा+12 गरेको हुनु पर्ने (नेपाल तथा दक्षिण कोरिया जहाको भए पनि हुन्छ ।) तर  सर्टिफिकेट र Mark sheet लाई नेपालको शिक्षा मन्त्रालयबाट छाप हानेर मात्र कोरियन Embassy बाट छाप लगाऊनु होला ।

४) युनिभर्सिटी नपढेकोले 3 लेभल कोरियाको भाषा परिक्षा पास गरे हुन्छ तर कोरियामै 2 वर्ष युनिभर्सिटी पढेकोले भाषाको 3 लेभल पास गर्न पदैंन ।

५) कोरियन भाषा परिक्षा TOPIK नगर्नेलाई कोरियन अध्यागमनबाट संचालित 사화통합프로그램 कक्षामा सहभागी भएर 3 Steps (3 단계) पुरा गरेको हुनु पर्नेछ (2016/07/01 देखि लागु) ।

६) हाईस्कुलबाट +२ नभएकोलाई कोरियाको सोसियल एडजसमेन्ट कार्यक्रममा भाग लिएको प्रमाणमत्रलाई पनि आधार बनाउन सकिने छ।  यस सम्बन्धमा भने कोरियाको संघ संस्थामा सम्पर्क राख्नुहोला ।
भाषाको लागि बिस्तृत जानकारी www.socinet.go.kr बाट लिन सकिन्छ र टपिक परिक्षाको जानकारीको www.topik.go.kr हेर्न सक्नुहुनेछ ।जसमा प्रश्न पत्र  , पुराना परिक्षाका सामाग्रीहर , परिक्षाको आवेदन , परिक्षा केन्द्र समय सबै दिइएको छ ।

७) आफूले काम गरेको काम को  प्रकृति बुझि कोरियाको सिप तालिम केन्द्रहरुबाट  दक्षताको  प्रमाण पत्र लिनु पर्नेछ ।

८) 직종의 기능사 이상의 자격증 जुन आफ्रनो काम सम्बन्धित license www.q-net.or.kr बाट बुझ्न सकिन्छ तथा 1 साल देखिको तलब मासिक 2,556,723₩ वा सो भन्दा माथि थापेको हुनुपर्ने  (2016/07/01 देखि लागू) ।

९) कोरिया भाषा टोपिक 3 लेभल पास हुनुपर्ने तर पूरी सानपमा पॅनेॅले 2 लेभल पास गरे हुन्छ ।

१०) दक्षता सम्बन्धमा कम्पनीको स्वीकृती हुनपर्ने हुदा कम्पनीको मार्फतबाट यी प्रकृयाको काम गर्न सकिनेछ । यसको लागि आफुले थाहा पाएको जानकारी कम्पनीलाई भन्ने र त्यसबारेमा नोदम्बो, कोरिया जव सेन्टर, अध्यागमन विभाग तथा संघ संस्थाहरुबाट थप जानकारी लिन सकिनेछ ।

कम्पनीमा कोरियनको संख्या :
10~49 जना भएको कम्पनीमा = 1 जना E7, तर  पूरी सानपमा 5~9 जना जना भएको कम्पनीमा = 1 जना E7
50~149 जना भएको कम्पनीमा= 2 जना E7, तर Agriculture मा भने 30 भन्दा कम कामदार भएकोमा = 1 जना  E7

नोट:- कोरियामा मापसे, झै झगडा, अपराधिक केशमा परेकाले E-7 पाऊने छैनन् ।

बिस्तृत जानकारीको लागि:
wwww.hikorea.go.kr
www.migrantok.org
www.kpic.re.kr


  • यहिनै  बसोबास गर्न सकिने कुराहरु पनि जोडिएको हुदाE-7  प्राप्त गरिसकेपछि एफ 2.5  भिसाको लागि आवेदन दिन सकिन्छ ।

ख्यातिप्राप्त विश्वविद्यालय क्याम्ब्रिजबाट फर्केर बाख्रापालनमा

पाली फर्केर बाख्रा पालन गरिरहेका छन् भन्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ । तर, बेलायतको लन्डनस्थित क्याम्ब्रिज यूनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्र्याजुयट गरेकी रुपन्देही सैनामैनाकी ज्ञानकुमारी पुन विदेशको आकर्षक अवसर छाडेर स्वदेशमै बाख्रा पालनमा रमाइरहेकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसमेत गरेकी उनी आफ्ना पति प्रेमसागर पौडेललाई यही व्यवसायमा साथ दिइरहेकी छिन् ।

४४ वर्षीय उनका श्रीमान् पौडेलले पनि समाजशास्त्रमा एमफिल तथा शिक्षाशास्त्र र साहित्यमा स्नातकोत्तर गरेका छन् । १६ भन्दा बढी पुस्तक लेखेका उनी हाल विद्यावारिधि गर्दैछन् । सैनामैना नगरपालिका ४ पर्रोहा लखनपारामा यी दम्पत्तीले ३ वर्षअघि खोलेको ‘सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र’ अहिले जिल्लाकै नमुना फर्म बनेको छ । केन्द्रमा पुग्ने जो कोहीले पनि यी दम्पत्तीलाई सुरुमा कामदार नै होला भन्ने ठान्छन् र फर्कंदा उनीहरूको लगन र मेहनतलाई सबैले वाहवाही गरेर फर्कन्छन् ।

नेपालबाट युवा पलायनको भयावह रूप देखेर आफूहरु स्वदेशमै केही गर्न खोजेको पौडेल बताउँछन् । “हामीजस्ता पढेलेखेका व्यक्तिहरू नै विदेशमा पलायन नभई आफ्नै देशमा केही गर्नुपर्छ भनेर पशुपालन र त्यसमा पनि बाख्रापालनमा लागेका हौं” उनी भन्छन्, “विदेशिएका नेपालीलाई हाम्रो कामले प्रेरणा दिन सकोस् र स्वदेशमै आएर केही गरून् भन्दै यो पेशा अपनाएका हौं ।”

पौडेल दम्पत्तीको फार्ममा अहिले विभिन्न १३ जातिका ३६४ बाख्रा छन् । एक वर्षमा विभिन्न नश्लका थप ४ सय पाठापाठी तयार गर्नु नै लक्ष्य रहेको पौडेलको भनाइ छ । मासु प्रयोजनका लागि नभई नश्ल सुधार गरिएका पाठापाठीहरू सस्तो दरमा कृषकहरूलाई उपलब्ध गराउनु आपूmहरूको लक्ष्य रहेको पौडेलले बताए । “हामीले उच्च पहाडी क्षेत्रदेखि तराईसम्म पाल्न सकिने उन्नत नश्लका बाख्रा पालेका छौ, त्यसैमार्फत ब्रिडिङ गरी कुन क्षेत्रमा कुन नश्लका बाख्रा पाल्दा कृषकलाई फाइदा हुन्छ, त्यही नश्लको उपलब्ध गराउँछौ” उनले भने ।

आफूहरू नाफामुखी नभै व्यवसाय विस्तारमा लागेको उल्लेख गर्दै पौडेलले बोयर क्रस पाठापाठी १५ सय रुपैयाँ प्रतिकिलोमा नै बिक्री गरिने गरिएको बताए । फर्ममा विश्वकै उत्कृष्ट मानिने बोयर ९अस्ट्रेलियन, अमेरिकन र बन्दिपुरे०बोकाबाट क्रस गराइएका पाठापाठी रहेका छन् । यस्तै, संसारकै ठूलो शरीर र छिटो बढ्ने अस्ट्रेलियन बिट्टल, सबैभन्दा स्वादिस्ट मासु मानिने अफ्रिकन बारबरी बाख्राका पाठादेखि अजमेरी, ब्ल्याक बंगाल, मुडुलो, जमुनापारी, तराई बाख्रा, खरीलगायतका उन्नत जातका बाख्राका पाठापाठी उत्पादन हुने गरेका छन् ।

फार्ममा अहिलेसम्म १ करोड ५० लाख लगानी भएको छ । करिब १० बिघा जमिन लिजमा लिएर पौडेल दम्पतीले बाख्रा पालनमा हात हालेका हुन् । जिल्लामै यो केन्द्र नमुनाका रूपमा रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा। गान्धीराज उपाध्यायले बताए । सबै बाख्राको बिमा गराइएको उनको भनाइ छ ।

पौडेल दम्पतीले बाख्रासँगै घाँस खेतीमा पनि उदाहरणीय काम गरेका छन् । लिजमा लिएको जग्गामध्ये करिब ६ बिघामा घाँस खेती गरिएको छ । बाख्रा फार्मका लागि घाँस त्यही उत्पादन हुन्छ भने देशका विभिन्न ३५ जिल्लामा घाँस र घाँसका बिरुवा पठाउने गरेका छन् ।
साभार: खबर कारोबारले

२० लाखको घाँस बिक्री

७० रोपनी क्षेत्रफलमा घाँस खेती
सामान्यतया ६० वर्ष नाघेका धेरैलाई लौरोको सहारा चाहिन्छ । यहाँका ६७ वर्षीय वामदेव खनाल भने तन्नेरी जसरी जोसका साथ घाँसखेतीमा जुटेका छन् । घाँस बेचेर उनले असार महिनामा मात्रै २० लाख रुपैयाँ हात पारेका छन् । उनका अनुसार अझै ५ लाख बराबरको घाँसको बिरुवाको माग छ । बेचेकामध्ये सीओफोर जातको घाँस मात्र १५ लाख रुपैयाँको रहेको उनले बताए ।

‘यसरी घाँस किन्नेको भिड लाग्ला भन्ने आफैंले सोचेको थिइनँ,’ बारीको घाँस स्याहार्दै गरेका जामुने २ गुणादीका खनालले भने, ‘भनेजति घाँस पुर्‍याउनै नसकेर अड्कलेर दिने गरेको छु । के गर्नु सम्पर्क गर्ने सबैलाई पुर्‍याउनैपर्‍यो ।’

असार महिनामा पूर्वको इलाम, धनकुटा, तेह्रथुम, पाँचथरलगायत जिल्लाका कृषकहरूले मात्रै १०/१२ लाख रुपैयाँको घाँसको बिरुवा खरिद गरेपछि आफू थप उत्साहित भएको उनले बताए । आफ्नै ३५ रोपनी र भाइ नारायण र अन्य छिमेकीको त्यति नै भाडाको गरी करिब ७० रोपनी क्षेत्रफलमा आफूले घाँस खेती गर्दै आएको उनले जानकारी दिए ।

गत वर्ष आफूले ५० रोपनी क्षेत्रफलमा लगाएको घाँस बिक्रीबाट करिब ७ लाख रुपैयाँ कमाएको उनले बताए । घाँस खरिद गर्न पूर्वदेखि पश्चिमसम्मका कृषकहरू आउने गरेपछि उत्साहित भएर आफूले थप २० रोपनी क्षेत्रफलमा घाँस विस्तार गरेको उनले बताए । असार महिनामा मात्रै घाँसको बिरुवा निकाल्न दैनिक ९/१० जना श्रमिक लगाउने गरेको र करिब १ लाख रुपैयाँ श्रमिक खर्च भएको उनले बताए ।

‘पहिले पहिले मानिसहरूले धान रोप्न छाडेर घाँस लगाएको देख्दा बिग्रियो भन्थे,’ खनालले भने, ‘अहिले घाँस लिनको लागि कृषकहरूको भिड देख्दा ती मान्छेहरू छक्क पर्ने गर्छन् ।’

२०५४ सालमा पोखरामा सम्पन्न सातदिने घाँस खेतीसम्बन्धी तालिमबाट आफूले प्राप्त गरेको स्टाइलो जातको घाँसको ३ वटा गाँठो रोपेर घाँस खेतीमा होमिएको उनले बताए । तत्कालीन पशु कार्यालयका वरिष्ठ पशु विकास अधिकृत कृष्णप्रसाद रिजाल र प्राविधिक रेवत शाहको हौसलाले गर्दा आफूले केही गरेर देखाउने प्रण गरेको उनले बताए । उनको घाँसको बगैंचामा अहिले स्टाइलो, मलातो, बदामे, नेपियर, सीओथ्री, सीओफोर, ज्वाइन्टभेज, सोम्बा सिटेरिया, पास पलाम, विक्वु, बडहर, इपिलइपिल, नेवारा, जैंलगायत घाँसका बिरुवा छन् ।

घाँसको प्रजाति हेरेर १ रुपैयाँ प्रतिगिँडदेखि २० रुपैयाँ प्रतिबिरुवासम्म बिक्री गर्ने गरेको उनले बताए । असारमा मात्रै १५ लाख रुपैयाँको बिक्री भएको सीओफोर जातको घाँसको बिरुवा पनि कृषक खनालले तीन वर्षअघि उनै कार्यालय प्रमुख रिजालबाट प्राप्त गरेको बताए । आफूले घाँस विस्तारका लागि राज्यबाट सहयोग पाउन पाए नमुना देखाउने उनले इच्छा व्यक्त गरे ।

‘राज्यले केही सहयोग गरे घाँस खेतीमा उत्पात मच्चाउने मन छ,’ खनालले भने, ‘तर घाँसका लागि राज्यले सहयोग गर्दैन भन्ने सुनेपछि त्यसै छु ।’ सुरुका दिनमा छिमेकीहरूले घाँस पनि लगाउने भन्दै खिस्याउने गरे पनि पछिल्ला दिनमा श्रमको इज्जत गर्ने गरेको खनालकी ६३ वर्षीया श्रीमती रञ्जताले बताइन् । उनले आफू र श्रीमान् दुवैको खटाइले मात्र ठूलो क्षेत्रफलमा घाँस खेतीलाई विस्तार गर्न सकेको बताइन् ।

‘अघिल्ला वर्षहरूमा १/२ लाख रुपैयाँको घाँस बिक्री हुन पनि मुस्किल थियो,’ रञ्जनाले भनिन्, ‘गाईपालनतर्फ मानिसहरूको आकर्षण बढ्दै गएकाले पनि अहिले घाँसको माग ह्वात्तै बढेको छ ।’
साभार: कान्तिपुर 

स्वास्थ्यकर्मी अधिकारी कुखुरा व्यावसायमा, लाखौं आम्दानी


“२३ जातका १५ हजार कुखुरा”


व्यक्तिको रुचि चाहानलाई कसैले रोक्न छेक्न सक्दैन । कर्मठ व्यक्तिहरु हरेक क्षेत्रमा सम्भावना नै सम्भावना देख्छन् । नेपालकै सन्दर्भमा केहि व्यक्तिहरुले एक बिषयमा अध्ययन गरेपनि अर्को बिषयमा लाग्दै गर्दा धेरै असफल भएको घटनाहरु हाम्रो सामु छन् ।
तर, कास्की लेखनाथका एक युवा भने यसमा सफल भएर प्रमाणित गरी दिएका छन । कास्की लेखनाथका डाक्टर राजेन्द्र अधिकारीले विगत लामो समय स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा काम गरे पनि पछिल्लो ६ बर्ष देखि व्यावसायिक रुपमा कुखुरा पालन गर्दै आएका छन् ।

उनले लेखनाथको डाँडाकोनाक शान्तिटोल ७ मा लेखनाथ पोल्ट्री ब्रिडिङ फार्म तथा तनहुँ दुलेगौडामा कुखुरा पालन गर्दै आएका छन् । हाँस र टर्की सहित कुखुरा जन्य २५ जातका पंक्षी पालन तथा चल्ला उत्पान गर्दै आएका अधिकारीले व्यावसायिक बन्न चाहाने कृषकहरुलाई समेत यसको प्राविधिक ज्ञान सहित शहुलियतमा चल्ला वितरण गर्दै आएका छन् ।

४७ बर्षीय अधिकारी विगत १२ बर्ष देखि कुखुरा पालन कृषकको रुपमा देखा परे पनि व्यावसायिक रुपमा भने ६ बर्षदेखि लाग्दै आएका हुन् । करीब ३ करोड लागतमा हाल संचालन भएको आफ्नो व्यावसायमा १५ हजार हाराहारीमा चल्ला सहित कुखुरा आफुहरुसंग भएको उनले बताए । अधिकारीले कुखुराको विभिन्न जातको क्रस गर्दै कुखुराको अनुसन्धान समेत गर्दै आएका छन । रोग लागेर उपचार गर्नू भन्दा रोग लाग्नै नदिनु उत्तम हुने भनाईलाई सार्थक दिन आफुले पोसिलो कुखुरा उत्पादन गर्न लागेको अधिकारीले बताए ।

भारतको पट्नामा २०४८ सालमा बीएससीसरहरको अध्ययन क्लीनीकल मेडिसिन ( डिप्लोमा कोर्ष) गरेका अधिकारीले २ बर्ष मुस्ताङमा स्वास्थ्य सेवा गरे वापत दुर्गम सेवा पदकबाट समेत सम्मानित भएका छन् । हेल्थ असीस्टेनको रुपमा ५ बर्ष जोमसोम, पश्चिमञ्चल क्षेत्रिय अस्पतालमा लगायतका ठाँउमा विरामीको स्वास्थ्य परिक्षण समेत गरेको उनले बताए । उनकी श्रीमती मनकेसरी अधिकारी (तण्डुकार) ले सघाउदै आएकी छन भने उनका दुई छोरी तथा एक छोराले विहान वुलेका सघाउने गर्दछन । उनकी छोरी रोजीना एमबीबीएस अध्ययनरत छन भने अर्की छोरी राजीना एचए अध्ययनरत छन । छोरा राजन भने ७ कक्षामा अध्ययनरत छन ।

अधिकाशं जातका जिउदो कुखुरा प्रतिकेजी ३ सय ५० देखि ७ सय सम्म पर्दछ भने लुईचे (वन कुखुराको मुल्य प्रति गोटा २ हजार देखि ५ हजारसम्म पर्दछ । विश्व स्वास्थ्य संगठन, वल्र्ड बैंक, जाईका लगायतका विभिन्न गैरसरकारी संस्थाका विभिन्न प्रोजेक्टमा काम गरेका अधिकारीले करीब १० बर्षजसो स्वास्थ्य क्षेत्रमा काम गरे पनि हाल कुखुरा पालनमा रमाउदै छन । उनले मासिक करीब एक लाख आम्दानी गर्ने गरेका छन । नयाँ पुस्तालाई जागर दिन, विदेशीने युवालाई स्वदेशमै केहि गर्न प्रेरणा जगाउन पनि आफु स्वास्थ्य कर्मी, राम्रो पोजेक्टमा कामको अवसर पाएदा पाउदै कुखुरा पालन व्यावसाय रोजेको अधिकारीले बताए ।

जर्मन, वेलायत तथा क्यानडाबाट समेत प्रोजेक्टमा काम गर्न आफुलाई अफर आए पनि आफ्नै घर परिवार तथा छरछिमेकरमा रमेर काम गर्न पाउदा आफुलाई यही कामबाट बढी सन्तुष्टी भएको अधिकारीले दाबी गरे । विपन्न बर्गका व्यक्तिलाई जीविको पार्जनको लागी कुखुरा पालन राम्रो व्यावसाय भएको दाबी गरे । अधिकारीको फार्ममा बनराजा ,बनकुखुरा क्रश ,जंगली लुइचे क्रश ,गिरिराज क्रश , गिरीराज ह्याबी ,हरियाणाको बनराजा र नेपाली बनकुखुरा क्रश ,मयुर कुखुरा  ,घाटी खुइले  लगायतका कुखुराका जात रहेका छन् । आफुहरुले प्रयाप्त मात्रमा रेखरेख गरेका कारण रोगप्रतिरोधात्मक चल्लाहरु उत्पादन गरीरहेको अधिकारीले दाबी गरे । कृषकहरुलाई कुखुरा सम्बन्धि सल्लाह सुझाब मोवाईलबाटै पनि दिने गरेको उनले बताए । उनले सस्तो मुल्यमा विभिन्न प्रजातिका कुखुराहरु उत्पादन गरी विपन्न बर्गका व्यक्तिहरुलाई थोरै लगानीमा व्यावसायिक बनाउन सकिने बताए । उनले हाल १२ जनालाइ प्रत्यक्ष रोजगार दिएका छन् ।

कुखुराको रेखदेख गर्ने ठुटे भालेको मुल्य डेड लाख
विभिन्न जातका कुखुराको रेखरेख गर्ने कुखुराको भाले नै रहेको छ । ११ बर्षको ठुटे भालले हांस र टर्की सहितका २५ जातका पंक्षिहरुको रेखदेख गर्ने गरेको अधिकारीले बताए । उनले भने, “पहिला यो भाले डन थियो , पछि तालिम दिए पछि सवै कुखुराको रेखदेख गर्न थालेको छ ।” बाहिरि क्षेत्रबाट कुनै कुखुरालाई आकमर्ण गर्न लागे तथा कुखुरा विरामी भएर लडेमा ठुटे भालेले कुखुरा धनिलाई होलाउदै कपडा समाउन आउने गरेको समेत अधिकारीले जनाए । उक्त कुखुरालाई किन्नको लागि केहि समय ५० हजार दिन आए पनि आफुले नदिएको बताएका अधिकारीले पछिल्लो क्रममा डेनमार्कबाट डेड लाख सम्म दिन आउदा आफुले नदिएको बताए ।
कुखुराको खोरमा असुरक्षीत महसुस भयो भने पनि भाले कराउन थाल्ने उनले बताए । आफ्नो फार्ममा आउने धेरै जसोले भालेको मुल्य सोध्ने गरेको बताए । सुरक्षा गार्डको रुपमा रहेको भालेको दैनिक खर्च एक सय ५० रुपैया बराबरको आहारा खाने गरेको अधिकारीको बताए ।
साभार: कारोबार दैनिक 

कामको खोजीमा हुनुहुन्छ ? पशुपन्छी मन्त्रालयलाई साथी बनाउनुहोस्

तपाईँ कामको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने पशुपंक्षी विकास मन्त्रालयलाई साथी बनाउनुहोस्। तपाईँलाई सो मन्त्रालयले काम दिने निर्णय गरेको छ।

मन्त्रालयले काम दिएबापत तपाईँसँग शुल्क लिँदैन। उल्टै राहतस्वरुप उपयुक्तता हेरी निश्चित मापदण्डको आधारमा गाईभैँसी, भेंडाबाख्रा, बङ्गुर र कुखुरापालनका लागि अनुदान उपलब्ध गराउने भएको छ। मन्त्रालयले आगामी तीन वर्षभित्र मुलुकलाई अन्डा, मासु र दूधमा पूर्ण आत्मानिर्भर बनाई पशुजन्य पौष्टिक पदार्थबाट जनतालाई कुपोषण हुन नपरोस् भन्ने अभिप्रायले ‘किसानको साथी’ अभियान सञ्चालन गरेको छ।

आगामी एक वर्षमा अन्डा, दोस्रो वर्षमा मासु र तेस्रो वर्षमा दूध उत्पादनमा बढोत्तरी गरी आत्मनिर्भर हुने योजना अनुसार ‘किसानको साथी’ पशुपक्षी अनुदान अभियान सञ्चालन गरिएको हो। यहाँ प्रतिव्यक्ति प्रतिवर्ष दूध ६४ लि, ११ किलो मासु र ३२ वटा अन्डा खाने गरेको पाइन्छ तर विकसित मुलुकमा ९१ लि, दूध १४ केजी मासु र ४८ वटा अन्डा खाने चलन छ। विकसित मुलुकको दाँजोमा स्थापित हुन हाल खाइआएको दूधमा ३५, मासुमा २५ र अन्डामा ४५ प्रतिशतले उत्पादन वढाउनुपर्ने हुन्छ।

गत पुस ९ गतेको निर्णयबाट कृषि विकास मन्त्रालयलाई टुक्राएर पशु विकास मन्त्रालय गठन गरिएको हो। नवगठित मन्त्रालयको कार्यक्षेत्र र पशुपक्षी क्षेत्रको वर्तमान स्थितिको विश्लेषण गरी मन्त्रालयले आगामी तीन वर्षभित्र अन्डा, मासु र दूधमा पूर्ण आत्मनिर्भर हुने योजना तर्जुमा गरेको पशुपक्षी विकासमन्त्री शान्ता मानवीले बताइन्।

परम्परादेखि पशुपक्षी क्षेत्र नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा विकास हुँदै आएको छ। खरखाँचोमा एक मानो घ्यु बिक्री गरेर जीवन गुजारा गर्दै आएको निर्वाहमुखी पशुपालन क्षेत्रलाई व्यावसायिक र आत्मनिर्भर बनाउने सोचका साथ मन्त्रालयले आव २०७३÷०७४ मा विशेष कार्यक्रम ल्याउने आफ्नो प्रतिबद्धता प्रकाशन गरिसकेको छ।

तीन महिनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धतानुसार आयोजना गर्न लागिएको ‘किसानको साथी’ अभियानबाट ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा राखिएको मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए।

पशुपक्षीपालनको क्षेत्रबाट कुल गार्हस्थ्य उत्पानदनमा ११ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव ०८ प्रतिशत योगदान छ । हाल प्रतिवर्ष दूध १७ हजार ३४ मेट्रिक टन, मासु ३०३ हजार मेट्रिक टन र अन्डा ९० करोड वटा उत्पादन हुँदै आएको छ । हाल सो उत्पादनले नधानेर भारतबाट आयात हुँदै आएको दूध, मासु र अन्डालाई प्रतिस्थापन गर्न सरकारले सो अभियान सञ्चालन गरिएको राज्यमन्त्री नरदेवी पुनले जानकारी दिइन्।

दिगो पशुपक्षीजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपक्षीपालन नीति छ महिनाभित्र तर्जुमा गरी कार्यान्वयनमा ल्याइने तथा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, पशु वधशाला तथा मासु जाँच ऐन, दान ऐन, बीमा ऐन, २०४९ को परिमार्जन, पशु कल्याण ऐन, पशुपक्षी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र पशु सरुवा रोग ऐन तर्जुमा गरी दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य मन्त्रालयले लिएको छ।

पशुपक्षीको नश्ल सुधार, पौष्टिक दाना तथा आहाराको व्यवस्था, पशुपक्षी स्वास्थ्य सेवा एवम् उत्पादित पशुजन्य पदार्थको बजारीकरण समानान्तर रुपमा अगाडि बढाउने, एक वर्षभित्र दशवर्षीय राष्ट्रिय डेरी विकास योजना तयार गरी कार्यान्वयनमा ल्याइने, राष्ट्रिय दुग्ध विकास बोर्डलाई नीति निर्माण, समस्या र सम्भाव्यताको पहिचान, व्यावसायिक योजना, निर्माण र नमुना उत्पादन प्रदर्शन गर्ने निकायका रुपमा विकास गर्ने लक्ष्यानुसार आगामी तीन वर्षमा अन्डा, मासु र दूधमा आत्मनिर्भर हुने योजना अगाडि ल्याइएको हो ।

एक्लैले गाई भैंसी पालेर बार्षिक ३ करोड आम्दानी


चैत्र १४, २०७२- यहाँ पशुपालनमा युवाहरूको आकर्षण बढ्दै गएको छ । यही व्यवसायमा सम्भावनाको ढोका खुलेपछि कृषि उद्यमशीलताको विकास पनि त्यही रूपमा हुँदैछ ।

पशुपालनमा यस्तै सम्भावना देखेर नै एक युवाले पोखरा–१४ चाउथेमा बृहत् रूपमा पशुपालन गरिरहेका छन् । मकवानपुरको आमभञ्ज्याङ–४ घर भई डेढ दशकदेखि पोखरा बस्दै आएका दीपक तिमिल्सना एक्लैले १ सय २४ वटा भैंसी र ६ वटा गाई पालेर पोखरा बजारमा दूधको बिक्री वितरण गर्दै आएका छन् ।

डेढ वर्षदेखि गुजराती मुर्रा र सामान्य जातको भैंसी मिसमास गरी पाल्दै आएको उनले बताए । दुईवटा भैंसीबाट थालेको फर्ममा ६ महिनामा ४५ वटा पुर्‍याए । त्यही रूपमा बढाउँदै वर्षमा सयभन्दा बढी पुर्‍याएका हुन् । हाल फार्ममा ३ करोड रुपैयाँभन्दा बढी लगानी पुर्‍याएका छन् ।

‘बजारमा दूधको माग बढ्दै गएको देखेरै पशुपालनतर्फ आकर्षित भएँ,’ उनले भने, ‘पशुपालनमा लगानीसँगै तत्काल प्रतिफलको आशा नगरी लाग्न सके राम्रो फाइदा हुने देखेँ ।’ बजारमा दूधको मागको अनुपातमा आफूजस्तो एउटामात्रै फार्मले आपूर्ति पर्याप्त दिन नसकेको अनुभव उनको छ । उनको फार्ममा उनीसँगै १५ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । उनले मासिक २५ हजार लिटर दूध पोखरा नगर क्षेत्रमा बेच्छन् ।

भैंसीको संख्या बढाएर ५ सय पुर्‍याउने लक्ष्य उनले लिएका छन् । हाल मासिक २५ हजार लिटर दूध बिक्रीको हिसाबले वार्षिक ३ करोड ६ लाख रुपैयाँको बिक्री वितरण छ । सुरुवातमा लगानी बढाउने प्रक्रियामा रहेकाले उनले नाफा हेरेका छैनन् । मासिक सबै खर्च कटाएर अबको एक वर्षभित्रमा १० लाख बचतको लक्ष्य रहेको बताएका उनले हाल ५ लाख मात्रै मासिक बचत गर्दै आएको बताए ।

‘सबैले मनबाट यही सोचका साथ काम गर्न सके आम्दानी यसैमा छ,’ उनले भने, ‘छिटो प्रतिफल खोज्न छाडेर निरन्तर लागियो भने पशुपालनमा राम्रो सम्भावना देखेको छु ।’ उनले २४ रोपनी खाली जग्गा १० वर्षलाई भाडामा लिएर व्यवसाय थालेका हुन् । भैंसीका लागि घाँस जुटाउन उनले छुट्टै १८ रोपनीमा जई, मकै र नेनिया जातको घाँसखेती पनि गरेका छन् । दैनिक एउटा भैंसीले ६ देखि १२ लिटरसम्म दूध दिंदै आएका छन् ।

१४ वर्षअघि मकवानपुरबाट जागिर खोज्दै आएका तिमिल्सनाले सुरुमा कृषिकै उत्पादन जिम्बु र टिमुरलगायतका सामान बिक्री गर्दै कृषि व्यवसायमा लागेका हुन् । हाल पनि घरेलु उत्पादन दाल, चामलदेखि पिठोलगायतका सबै खाद्यबस्तुहरूसमेत बिक्री गर्ने उनको छुट्टै व्यवसाय पनि छ । खाद्यवस्तुबाट बचेका कच्चापदार्थहरू सबै भैंसीको दानामा प्रयोग गरेर दोहोरो फाइदा लिन सफल भएका छन् ।
साभार: कान्तिपुर 

बेल्जियमबाट फेर्केका युबा बोएर बाख्रापालन

बिदेशको राम्रो आम्दनी कमाइ हुने बेल्जियममा राम्रो जागिर छोडेर आफ्नै खेतबारीमा घास लगायर बाख्रा पालन गर्ने योजना बनाएर आफ्नै गाउ घर पाचथर फिदिम फर्केर बिगात २ बर्ष देखी बाख्रा पालनमा लागेका केसब नेवाङ सग हाल ५० वोटा बाख्रा रहेकाछन स्तानिय खरी जातको माउ बाख्रामा उन्नत जातको बोएर बोका लगायर बर्णसङ्कर क्रस बाख्रा उट्पादन गरी बिक्री बितरन गरेकाछन आफ्नै गाउ घरमा बसेर परिवार सग रमायार आफ्नै गर्दा सुरुमा समाजमा हासोको पात्र भय पनि अहिले बाख्रा पालनको लागि बुझ्न अनी हेर्न दैनिक रुप्मा ५-७ जना आउने अनी देश भरी बाट बोएर क्रस जातको बोका अनी पाठीहरुको माग गर्दै आउने फोनहरुले गर्दा आफु लाई रमाइलो लगेको अनी माग अनुसारको बोका अनी पाथी आफुले दिन नसकेको अनुभब सुनौनु हुन्छ केसब नेवाङ!!

उनात जातको घास अनी बाख्राको लागि उप्युक्त काठको खोर अनी लगनशील कार्यले गर्दा आज देशभरीका साथीहरुले बाख्रापालनको कुरा सोध्दा अनी जानकारी लिदा आफुलाई रमाइलो लगेको छ भनु हुन्छ नेवाङ जि उमेर ले ३० बर्ष पनि नपुगेका युबा नेवाङ बजार सुनिस्चित भयको यो बाख्रा पालन अब एक साल भित्र १०० वटा बाख्रा पुराउने लक्ष्य रहेको छ भनु हुन्छ साथै आगामी बर्ष २०० वटा क्रस बोका अनी पाठीहरु बिक्री गर्ने योजना सुनाउनु हुन्छ हाल बोका जिउदो प्रती किलो रु १००० र पाथी प्रती किलो रु १०५० मा बिक्री बितरन गरेको छु नेपालको मध्य भाग तिर बोएर बाख्राको पालन बढी भये पनि पुर्बी भागमा बोएर बाख्रा काम भएकोले बिक्री बितरनमा कुनै समस्या नरहेको अनुभब सुनाउनु हुन्छ केसब नेवाङ !!
थप जानकारीको लागि
केसब नेवाङ ९८६२६०८१८१
साभारः स्मार्ट कृषि 

च्याउको ब्याबसयिक खेती/एक सम्पुर्ण प्रबिधी

फंगस समूह को जिबाणु ,बनस्पति जागत मा पर्ने च्याउ एक प्रकार को खाध्य तत्व हो l अरु विरुवाहरुले जस्तो आफ्नो खाना आँफै बनाउन नसक्ने हुदा च्याउ लाई खान सक्ने खाना बनाइ दिएर हावा पानी मिलाई सुरक्ष्यित स्थानमा ब्यवस्थित सँग यसको खेती गरी उत्पादन गर्न सकिन्छ l काँचो र नपाकेको वा पुरै सडेको पदार्थमा यसको उत्पादन नहुने हुदा यसलाई हरियो र काँचोपन हटेको तर त्यस बस्तुको तत्व नस्ट नभै सकेको पदार्थ चाहिन्छ l जस्तै पराल सुकेको हुन्छ तर कुहेको हुँदैन वा तत्व सकिएको हुँदैन l
च्याउमा मसिना रेसा जस्ता तन्तु हुन्छन जसबाट फैलिएर ठुलो साइज़ मा खान योग्य च्याउ तयार हुन्छ च्याउ तरकारीको रुपमा प्रयोग गरिने अती स्वादिलो साथै मानिसको लागि उपयुक्त खाना हो यसलाई साकाहारी र माम्साहारी दुबै थरिले मन पराउने हुदा यसको ब्याबसायिक खेती गरी ठुलो आम्दानी गर्न सकिन्छ

च्याउ को इतिहास
छ सय बर्ष पहिले देखी चीन मा गरीएको च्याउको खेती गरेको पाईन्छ प्रचिन कालका बादशहहरुले अनेक प्रकारका रुपमा प्रयोग गरिने भोजनका साथै औषधीयुक्त च्याउ खाइ आफुलाइ सधैं जबान राख्न चाहन्थे l
बिकसित देशहरुले च्याउको उत्पादन उपयोग र त्यसको महत्वबारे जन समक्ष्य ल्याइ उत्पादन र उपयोग गरेका छन अन्तरराष्ट्रिय जगतमा च्याउ खेती किसानको एउटा सशक्त खेती र च्याउका बारेका ब्यापक प्रचार प्रसार गरी जन समक्ष्य ल्याइ च्याउको उपभोग्य संसार फराकिलो पारीदिएको छ l छिमेकी राष्ट्र चिन लाई नै हेर्ने हो भने सशक्त च्याउ उत्पादन गर्ने र अरु देशलाई च्याउ बिक्री गर्न सक्ने देखिन्छ नेपालको बजारमा चाइनाकै च्याउको क्यान पाईन्छ भारतमा पनि प्रसस्त रुपमा अहिले पनि च्याउ खेती भएको र धेरै
च्याउका विउहरु पनि चाइना र भारतबाट नेपालमा ल्याइेएको पाईन्छ / हाम्रो देशको नजिकै भारतको पश्चिम बंगाल र सोलानमा पनि धेरै च्याउ खेतिको राम्रो प्रचार प्रसार भएको पाईन्छ l हाम्रो देशमा पनी च्याउ खेती ३५ देखी ३८ बर्ष को ईतिहास रहेको पाईन्छ l

कन्ये च्याउ खेती
सानो पुँजिको उत्पादनले क्रान्ति ल्याउन सक्ने कन्ये च्याउकै बारेमा भन्ने हो भने २० देखी २५ हजारको लगानिमा ३० × १४ फिटको छाप्रोमा एक पटक खेती गर्दा राम्रोसँग मेहनत गरे १५०० किलो च्याउ उत्पादन गर्न सकिन्छ एउटा छाप्रोमा वर्शको दुइचोटि खेती गरे ३००० किलो च्याउ फलाउन सकिन्छ , यती सानो संसारबाट यात्त्रो च्याउ उत्पादन हुन्छ l कन्ये च्याउ काठमान्डू मा पुष माघमा पनि उत्पादन भएको छ झापाको केचना नजिकैको चाराली र धुलाबारी सम्मको गर्मी ठाउमा पनि कन्ये खेती गरिएको छ / हिमालि भेगको जौको नलदेखी पहाडको मकैको ढोड , खोस्टा र तराइको खोलाको काँसदेखी गहुँको छवाली र परालमा समेत् कन्ये च्याउको खेती गर्ने स्रोत हुन l तरकारी , अचार् सुकाएर जसरी पनि बिरामी र सुत्केरी जस्ताले पनि दुब्ला र मोटाजस्तालाई पनि बुढा , युवक , र वच्चा सबैले खान हुने / खेती गरेको २० देखी ४० दिनमै उत्पादन लिन सकिने नेपालको एक स्तरिय खेती कन्ये च्याउ हो नेपालमा कन्ये च्याउको खेती राम्रोसँग गरे १२ महिना नै गर्न सकिन्छ । गोब्रे च्याउ भन्दा स्वास्थ्यको हिसाबले कन्ये च्याउ खानको लागि धेरै उपयुक्त मानिन्छ ।गोब्रे च्याउमा जस्तो यसमा डि ए पि , युरिया र चिनी मल जस्ता रासायनिक मल प्रयोग गरिदैन । गोब्रे च्याउलाई खान अयोग्य सोडा प्रयोग गरेर धोइन्छ भने कन्ये च्याउमा यस्तो केमिकल प्रयोग गरेर पखालिदैन । सिधैपोकाबाट टिपेर बेचिन्छ । हर हिसाब, हर ठाउमा , यसको उत्पादन गर्न सकिन्छ ।

छाप्रा बनाउन चाहिने सामानहरु
– छाप्रो बनाउन आवश्यक हतियार
– बाँस
– बाँसका छाप्रालाई मिल्ने नापका खामाहरु
– बाँसका बलाहरु
– घुमाउने भाटाहरु
– सिधा भाटाहरु
– छाप्रोको खामा, बला र भाटाहरु बाँध्ने डोरी
– छाउने प्लास्टिक
– माथिबाट छोप्ने गुन्द्री
-पोका झुन्ड्याउदै जाँदा विचमा टेका दिने बलाहरु
-सिकुवा बार्नको लागि आवश्यक भाटा , किला , बाँस , पराल वा छवाली

कन्ये च्याउको छाप्रो कस्तो चाहिन्छ ?
झुन्ड्याउने प्रविधिको कन्ये च्याउको छाप्रो निश्चित नापको चाहिन्छ । कती पोका झुन्ड्याउने, कती अट्छ सबै पहिले नै योजना बनाउन पर्दछ। आफ्नो जग्गाको स्तिथी हेरेर छाप्रोको तयार गर्ने । छाप्रो पुर्व,पश्चिम, उत्तर, दक्षिण जता फर्काएर बनाए पनि हुन्छ । पहिला धुरिमा खामो गाड्ने, धुरिको खामो १ फिट पर विचको झुन्ड्याउने खामो गाड्ने । धुरी खामोको साँढे ४ फिट पर छेउको झुन्ड्याउने खामो गाड्ने । अर्को पट्टि पनि त्यसरी नै यही नापमा विचका र छेउका झुन्ड्याउने खामाहरु गाड्ने । साँढे ४ फिटको ठाउमा छाप्रामा पानी हाल्ने र च्याउ टीप्न जाने बाटो रहन्छ । विचमा दुई खामोबिच २ फिट फरक ठाउमा मानिस हिंड्न चाँही ठाउँ हुँदैन तर त्यो विचबाट छिरेको हावाले विच भागअको च्याउलाई राम्ररी फाल्न सहयोग पुर्याउँछ । दुबैपट्टि सिकुवामा ३ फिटमाथि छ फिट सम्मको दुरिमा झ्याल हुनुपर्छ । त्यसभन्दा माथिको भाग बन्द गरी बार्नुपर्छ । यसरी ३ फित्देखी छ फिटसम्मको उचाइमा खोलिएको झ्यालमा केही बाँसका भाटाले बुनेको जाली आकारको टाटी त्यसमा झुल माथिबाट लाउन र खोल्न मिल्ने कालो प्लाश्टिकको झ्यालमा दुबैपट्टि सिकुवामा हुनुपर्छ । मानिस पस्ने ढोका सधैं बन्द हुनुपर्छ । च्याउ फलेको बेलामा च्याउलाई चाहिने आवश्यक हावा दिन मिल्नेखालको छाप्रो हुनुपर्छ । पराल वा छवालिले राम्ररी सिकुवा बार्नुपर्दछ । सिकुवा बारेको राम्रो भएन भने छिद्र वा दुलाबाट किरा र घाम पसी च्याउलाई बाधा पुर्याउछ । छानामाथि हालेको गुन्द्री मिलेको हुनुपर्दछ , गुन्द्री पातलो भए वा हुँदै नभए प्लाश्टिकबाट घामको तातो छिरेर फलेको च्याउलाई सुकाइदिन्छ । छाप्राका झ्याल सिधा हावा सरर छिर्ने खालको हुनुपर्दछ। हावा नछिर्ने छप्रामा उत्पादन कम् हुन्छ ।

छाप्रोको लागि बाँस कस्तो चाहिन्छ?
बाँस हुनेबितीकै सबै बाँस छाप्रोको लागि उपयुक्त हुँदैनन । यसमा पनि कन्ये च्याउको झुन्ड्याउने प्रबिधिको छाप्रोमा त धेर बोझिलो कामको छाप्रो हो । कन्ये च्याउको छाप्रो बनाउने बाँस स्तरिय,बलियो,छिप्पेको, सिधा, र राम्रो जातको चाहिन्छ । कलिलो, बाङ्गो,किराले खाएको र कमसल जातको काम लाग्दैन । राम्रो बाँस निश्चित नाप गुणस्तर सिपमा छाप्राको काम सुरु गर्नुपर्दछ । छाप्राको लागि आवश्यक बाँसका सामानहरु खामा, बला, र भातहरु ठीक मिल्दो साइजका हुनुपर्दछ । बाँसका यि सामान कमजोर अभाव भयो भने स्तरिय काम लाग्ने छाप्रो बनाउन सकिदैन ।
छाप्रो च्याउ खेतिको लागि मानिसहरु बसेको घर भन्दा प्लाश्टिकले छाएर माथिबाट गुन्द्रिले छोपिएको प्लाश्टिक घर बढी राम्रो हुन्छ । यस्तो प्लास्तिक घर बनाउनलाई हाम्रो आर्थिक हिसबमा बाँसको भाटा बनाइ प्लाश्टिक् ओढाएर बनाएको छाप्रो चलन चल्तिमा छ । हुन त बाँसको ठाउमा फलाम प्रयोग गर्दा खर्छ बढी
हुन्छ र पछी फलाम खियाले भाचिदा वा बिग्रदा कवाडी मुल्यमा जान्छ भने बाँसलाई तरकारीको थाङ्ग्रो र पराल बफ्याउदा वा दाउराको रुपमा बाल्ने काममा समेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पहिलो बाँस स्वदेशी उत्पादनको सदुपयोग भयो पुन प्रयोग गरिने पदार्थ भयो तेस्रो काम मुल्यमा किन्न सकिने भयो । फलाम भन्दा बाँस धेरै कम् मुल्य र सरल खर्चमा पर्दछ ।


खामोको बाँस कस्तो चाहिन्छ?
खामोको लागि बाँसको फेदको भाग सिधा,बलियो र बलाभन्दा केही ठुलो छाप्राको पुरै भारी थाम्ने हुन पर्दछ । प्रत्यक खामोको बलो राख्ने ठाउको चोक आँख्लामा हुनुपर्दछ नत्र बलो राख्दा खामो चिरिन्छ । खामो कती गाढ्ने भन्ने कुरा ठाउमा भर पर्दछ। सामान्यतया साँढे १ फिट गाड्नु पर्दछ । यो पनि ठाउँ हेरी खाल्टोमा इन्टा,ढुङा राख्ने सतर्कता अपनाउने हो भने पछी भासिने समस्याले दु:ख पर्दैन । खामो जुन जातको बाँस भएपनी हुन्छ तर खामोको काम धान्ने हुनुपर्दछ ।

खामोको उचाइ
यहाँ हाम्रो छाप्राको आधारमा टहराको वर्णन गरिएको छ। अग्लो उचाइमा धेरै पोका अट्ने र टहरो स्तरिय हावा राम्रो सन्चालन हुने र व्यवसायिक हिसाबले सान्दर्भिक हुने भएकाले यस प्रकारको उचाइमा जोड दीएको हो। जस्तै
-धुरी खामो १० फिट उचाइको आवश्यक अनुसार
-विचको खामो ९ फिटका आधा उचाइको ७ फिट आधाको फरकमा गाड़ने र कमजोर खामो भए
मिल्दो गरी गाड्ने
-विचको अर्को लाइन खामो पनि ९ फिट्का आधा उचाइको ७ फिट आधाको फरकमा गाड्ने
-छेउका दुबै पत्टिका खामाहरु ७ फिट आधा उचाइका ७ फिट आधा फरकमा गाड्ने ।
——————————————————————————————————————————
खामाले थेग्नुपर्ने भार
झुन्ड्याउने कन्ये च्याउमा एक पोकाको तौल् ५ देखी ७ के.जि सम्म हुने भएकाले चार पाँच सय पोकाको तौल् तीन हजार के.जि सम्म भार थेग्ने खालको खामो गाड्नुपर्दछ। खामाहरु बलिया भएनन भने थेग्न सक्दैनन र छाप्राहरु लड्छन। छाप्रो बनाउदा नै पछीको समस्या प्रती गहिरो सोच राखेर काम गर्नु पर्दछ। पोका झुन्ड्याइसकेपछि खामो कमजोर भयो भने बलो लर्केर पोका भुइमा लड्छ र पोका बिग्रन्छ।
—————————————–
—————————————————————-
घुमाउने भाटाहरु
च्याउ छाप्रोमा भाटा दुई प्रकारअका हुन्छन । घुमाउने र सिधा घुमाउने भाटाले डाँडाको काम पनि गर्नुपर्ने भएकाले भाटा भरपर्दो, दरो, र स्तरिय हुनुपर्दछ। घुमाउने भाटा किरा लागेको मसिना, लुलो, झिनो र गान्सेको
हुनुहुन्दैन। छाप्रो स्तरिय बनाउनको लागि यो भाटा २ फितको फरकमा राख्नु पर्दछ। छाप्रोको निश्चित नाप मिलाई दुबै लाइनमा २ फिटको किला ठोकेर बलियो गरी गाड्ने। धुरी बलो माथिबाट भाटा मिलाई दुबै पट्टि किलामा घुमाउने भाटो बांध्ने । यसरी किलामा डोरिले बाँधेको भाटा उसै गाडेको भन्दा बलियो हुनको
साथै स्तरिय छाप्रो बन्दछ बातासले उडाउने समस्या कम् हुन्छ। बाँस चिर्दा खेरी नै स्तरिय भाटा चिर्नु पर्छ ।
——————————————————————————————————————————
सिधा भाटा
यो घुमाउने भाटाको सहयोगी पनि हो। यो भाटा टुक्रा कमजोरी खालको हुँदा पनि हुन्छ। सिधा भाटा घुमाउने भाटा लाई सहयोग गर्दै छानाको काम पुरा गर्ने भएकाले टुक्रा खेर जाने खालको बाङ्गा टुप्पा साना सबै खालको भाटाहरु सिधा तेस्रो भाटामा प्रयोग गर्न सकिन्छ।
————————————————————————————————————
पराल
कन्ये च्याउ खेतिको लागि राम्रो पराल चाहिन्छ। पराल पठुवा पाकेको वा नपाकेको दुबै हुन्छ। पठुवा पाकेको पराल अली नरम र पोका पार्न सजिलो हुन्छ।निम राखेको पराल अररो कडा हुने हुनाले पोका पार्दा प्लास्टिक छेड्ने र पोका मिलाउने समस्या हुन्छ, उत्पादनमा दुबै उस्तै हुन। कन्ये च्याउको लागि पानीले भिजेको कालो टिका लागेको, मकिएको र कुहिएको हुनु हुँदैन। पुरानो पराल हुन्छ तर नयाँ पराल राम्रो नसुकेको हरियो वा डाठमा चिसो भएको हुनु हुँदैन। धेरै मलिलो ठाउको पत्ता बढी भएको परालमा उत्पादन कम् हुन्छ। धान
फलेको बालो भागमा च्याउ उत्पादन हुँदैन । रुखो खेतको डाठ बढी र पात घटी भएको परालमा उत्पादन बढी हुन्छ। परालबाहेक गहुँको छवाली मकैको खोस्ता,उखुको रस निचोरेको बाँकी डाठ र कान्समा पनि कन्ये च्याउमा खेती गर्न सकिन्छ । तर परालमा जती उत्पादन भने लिन सकिदैन ।
————————————————————————————————————
पराल काट्ने सामान
कन्ये च्याउ खेतिमा पराल पोका पार्नु पर्ने हुनाले पराललाई टुक्रा पार्नुपर्दछ । पराल कात्नुलाई भुशा काट्ने भन्ने गरिन्छ। हामीले दुई प्रकारअका हतियारले पराल टुक्रा बनाउछौ। सानो खर्चको कैची र ठुलो हातले वा
मोटर् विजुलिबाट चल्ने ब्लेडवाला मेसिन दुबै हतियार पराल काट्नलाई आफ्नो आर्थिक क्षमताअनुसार प्रयोग गर्न सकिन्छ। यसरी कातेको पराल आधा इन्च देखी दुई इन्चसम्म प्रयोग गरिएको हुन्छ । आधा वा एक इन्चको पराल छोटो हुँदा पोका मिलाउन सजिलो हुन्छ भने देढ वा दुई इन्चको परालको टुक्रामा च्याउ टिप्दा धेरै खाल्टो पर्छ र अर्को पटकालाई फल्ने पराल खेर जान्छ। देढ वा दुई इन्चको परालमा च्याउ टिप्दा पोका त्यसरी धेरै खेर जाने गरेर आउँदैन।
————————————————————————————————————
पराल पखाल्ने ठाउँ
कन्ये च्याउको राम्ररी पखाल्नु पर्ने हुनाले ठाउँ वा भाडो निश्चित हुनुपर्छ। आफ्नो आर्थीक अवस्था अनुसार पखाल्ने ड्रम , बाटा वा सिमेन्टले प्लश्टर गरिएको पोखरी हुनु जरुरी छ। यसरी काटेको टुक्रा पराललाई राम्रोसँग पखालेर मात्रा बाफ्याउनू पर्दछ। पराल राम्ररी भिज्ने गरी केही समय २ देखी ३ घण्टासम्मा पानीमा डुबाइ राख्ने त्यसपछी दुइवटा तरिकाले उठाउन सकिन्छ सानो थोर र फुर्सद छ भने परालको पानी तर्काइ बफ्याउने भान्डोमा भरी बफ्याउने। यदी तुरुन्तै पोका पार्नुछ भने ४०, ५० के.जि को जुट को बोरामा भरी बोरमै बफ्याउने गरी ड्रममा भर्ने किनकी बोराको पराल अर्को खाली बोरा हातमा पन्जा जस्तै लगाएर तातो बोरा झिक्न सकिन्छ त्यही तातो ड्रममा अर्को पराल बफ्याउन सकिन्छ।
————————————————————————————————————
चुलो
आफ्नो आर्थिक अवस्थाले जुटाएको भाडोअनुसारको चुलो हुनु जरुरी छ। व्यबसायिक हिसाबले खेती गर्दा चाँही उपयुक्त भाडो ड्रम नै हो। एक ड्रममा ९ देखी १० वटा पोकासमा बफ्याउन सकिन्छ। बफ्याउने चुलो ड्रमको लागि १६ इन्च गहिरो चुलो गोलो वा चारपाटे दुबै हुन्छ। चुलो जमिनको सतहभन्दा तल भएमा पाकेको पराल ड्रमबाट झिक्न सजिलो हुन्छ। बातासले आगोलाई हान्दैन र अली छिटो हुन्छ। जमिनको सतह माथि हुँदा पराल झिक्न असजिलो हुन्छ। बातासले बढी सताउछ। यो चुलो दाउराको भुस भरेर दाउराले मात्रा पकाउने हो भने उचाइ १० इन्च र फराकिलो १६ इन्चकै चुलो ठीक हुन्छ। अहिले आधुनिक चुलो पनि प्रयोगमा आएको छ ।
———————————————————————————————————————————-
बफ्याउने तरिका
कन्ये च्याउ खेतिको लागि मेशिन वा कैचिमा टुक्राएको पराललाई पखालेपछी ड्रम वा भाडोमा ६ इन्च पानी राखी पानीमा सफा खालको इटा वा ढुङ्गा राखी ड्रम भए त्यसैको माथिको विर्को भाग काटी त्यो बिर्कोलाई ढलाई काटी ले प्वाल पारी ड्रममा त्यो विर्कोलाई छिराइ इटा माथि राखेर त्यसपछी खुला वा जुटको बोरामा
झरेको परालको बोराले ड्रम भर्दा बोरा टाडे पर्‍यो भने परालको बोरा नताती एकै फेरी वाफ माथि आउछ । परालको बोरा ड्रममा भर्दा निकै ध्यान दिएर टाडे नपर्ने गरी मिलाएर भर्ने। बोरा वा परालले ड्रम भरिएपछी बाक्लो प्लाश्टिकले बोरासहित ड्रमको मुख छोपी साइकलको ट्युबले कसेर ड्रमको मुख बान्ध्ने। ड्रमको सबै भागमा तातो पर्ने गरी आगो लाउने, यसरी पराल तातेर माथिसम्म वाफ आएपछी प्लाश्टिक भुक्क भएर फुल्छ। पूरा तातेपछी वाफले ट्युब र प्लास्टिक फालिदिन्छ। त्यस बेला ड्रमको खुल्ला वा बोराको पराल पूरा सबै तातेको छ कि छैन भनी राम्रोसँग छामेर हेर्ने। यदी पराल वा बोरा सबैमा तातो पुगेको छैन भने तात्ने गरी फेरी बप्ग्याउने । पुरै पाकेर मात्र झिक्ने। नपाकेको परालमा कन्ये च्याउको विउ बाँच्न सक्दैन। जङ्गली च्याउ उम्रन्छ र हरियो ढुसिले आक्रमण गर्छ।
सानो हिसाबमा थोरै खेती गर्दा आफुसँग भएका डेक्ची, ड्रम जस्ता भाडा मा पनि हामीले बफाउन सक्छौ। ड्रममा जस्तै पिधमा ६ इन्च पानी त्यसमा सफा इटा वा ढुङ्गा राखी त्यसमाथि केही बाँसका कप्टेरा वा साना साना साइजको काठको मिल्ने फ्ल्याक वा फलाम का जाली केही मिल्दो जुल्दो गरी त्यसैमा पराल राखेर
बफ्याई घरेलु उत्पादनको कार्य गर्न सक्छौ ।
————————————————————————————————————
पोका पार्ने ठाउँ
पराल बफ्याए पछीको महत्वपूर्ण दोश्रो काम पोका पार्नु हो। यसको लागि राम्रो ठाउँ चाहिन्छ। ठुलो खेती गर्नेले छुट्टै पोका पार्ने टहरा बनाउछन । सानो खेती गर्नेले च्याउ लगाउने टहरामै पोका पार्छन। यसको लागि मझेरी मिलेको हुनुपर्दछ, त्रिपाल वा बाक्लो प्लाश्टिक ओछ्याइएको हुनुपर्छ,पोका पार्ने कोठामा सफा पारी डायथिन् एम ४५ लुगा धुने सरफ १ लिटर पानीमा १०० ग्रामका दरले राखी छाप्रो र भुइमा सबै तिर स्प्रे गर्ने।
————————————————————————————————————
बफ्याएको परालमा
-वेविस्तिन १ लिटर पानीमा ५ ग्रामका दरले
-फर्मालिन १ लिटर पानीमा ५ एम.एल का दरले रेन्कर को निमतेल १ ली .पानीमा २ एम.एल मिलाई आफ्नो आवश्यक परालको आनुपातमा औषधी घोली स्प्रेमा हाली पोका पार्ने ठाउमा स्प्रे गर्दै खन्याउदै
गर्ने यसरी पोका पार्ने ठाउमा खन्याएको परालमा सबैतिर औषधीको मात्रा पुगेको हुनु पर्दछ। नत्र त्यो पराल रोग मुक्त हुन सक्दैन र हरियो ढुसी र जङ्गली च्याउले आक्रमण गर्छ। औषधी स्प्रेसँग हातले चलाएर पनि मिलाउनु पर्दछ।
पोका पार्ने ठाउमा जुत्ता चप्पल लगाएर जान पनि मनाही गर्नुपर्दछ। कुनै फोहोर मैला हात खुट्टा लिएर काम गर्न हुँदैन। खाजा, चिया, चुरोट, र खैनी जस्ता पदार्थ त्यहा बसेर सेवन् गर्नु हुँदैन। आगोबाट झिक्दा झिक्दै कही तातै वा वाफ छुट्दै गरेको पनि पोका पार्दा हुन्छ। चिसो भएपछी पारे पनि हुन्छ। तातोले पराल पोका पार्न सजिलो हुनुका साथै ढुसी पनि चाडै फैलिन्छ।
————————————————————————————————————
प्लाश्टिक
कन्ये च्याउ खेतिको लागि राम्रो सिफारिस प्लाश्टिक १६× २६ को एल डिलाइ हो । आर्थिक तथा व्यबहारिक हिसाबअले १६× २६ साइजको प्लाश्टिक २० ग्राम तौलको ठीक हुन्छ। प्लाश्टिक धेरै पातलो हुँदा पोका कसिदैन, पोका कसिएन भने खुकुलो पोकामा उतपादन कम हुन्छ l बढ़ी बाक्लो प्लास्टिक मा पोका पार्न असजिलो भाई पोका बाध्दा प्लाश्टिक मर्किदैन र कस्न सकिदैन भने
बाक्लो तौल् बढी हुँदा मुल्य पनि बढी पर्दछ।
————————————————————————————————————
च्याउ खेतिको लागि बिउ
अरु खेतिलाई जस्तै च्याउ खेतिलाई पनि राम्रो विउको आवश्यकअता पर्छ। विउको स्तर छुट्याउन त समस्या नै छ तर पनि मदर कल्चरको माउ बिउ राम्रो हुन्छ। यसको लागि विश्वासनिय प्रविधिसँग
संपर्क राखी पछी उत्पादन नराम्रो भए सो खेतिको जवाफदेही प्राबिधिकले लिने सर्तमा च्याउको विउ खरिद गर्नु पर्दछ।
विउ कस्तो हुनुपर्दछ?
-विउमा कालो हरियो कुनै रङ्ग देखिनु हुँदैन।
-बोतल वा प्लाश्टिकमा हेर्दा राम्ररी ढुसी फैलिएको हुनुपर्दछ।
-विउ बनाएको मिती धेरै भै च्याउ पलाइसकेको पनि हुनु हुँदैन।
-विउ कुहिएको गन्हाउने कडा डल्ला भएको हुनुहुँदैन।
—————————————————————————————————————————
पोका पार्ने तरिका
प्लाश्टिकको थैलो बन्द भएपट्टि मुजा पारी रबर वा सुतलिले बाध्ने र १ लिटर पानीमा ५ एम.एल फर्मालिन मिलाई भाडो मा राख्ने र प्लास्टिक थैलो फर्मालिन पानीमा चोभ्ने र त्यो चोभेको भागअलाई पराल भर्ने पट्टि फर्काइ पोका भर्न सुरु गर्ने। पहिला विचमा हाल्ने भागको आधा भाग बिउ प्लास्टिकको पिधमा राखेर पराल भर्न सुरु गर्ने। कारीब २ इन्च खादेको परालको फरकमा बिउ रख्दै जाने l
एक पोकाको उचाइ १२ देखी १४ इन्चको हुनुपर्दछ। यसमा लगाइने विउलाई तह भनिन्छ। एउटा पोकामा ५ देखी ७ तहसम्म विउ छर्नुपर्दछ। पराल पुरा भएपछी अन्त्यमा पनि पिधमा जस्तै विच भागको तुलनामा आधा विउ हाल्ने एक पोकामा १५० ग्रामदेखी २०० ग्रामसम्म विउ चाहिन्छ। पोका बाध्ने बेलामा पहिला पराल मिलाई जोडले खाद्ने । पोका भर्दा पराल प्रेसले खादेर मात्रा विउ राख्दै जाने। पोका खादिएन भने उत्पादन कम् हुन्छ। विउ हाल्दा बाहिरबाट देखिने भागपट्टि बिउ मिलएर त्यहाँ प्रश्ट देखिने गरी हाल्ने भित्रपट्टि नदेखिने भागमाविऊ छेउको तुलनामा ४ भागमा एक भाग मात्र हाल्ने। त्यसो हुँदा छेउबाट ढुसी फैलिएर सबै पराललाई राम्ररी ढुसिले ढाक्न सक्ने पोका हातले मात्र कस्न नसके घुडा को सहायतामा पनि खाद्न सकिन्छ। कन्ये च्याउ राम्रो फलाउन राम्ररी खाद्नुपर्दछ। यसरी खाद्ने काम पूरा भएपछी च्याप्प हातले पोकाको प्लाश्टिकको मुख समाइ केही घुमाएर रबर वा सुतलिले बाध्ने र सिरक तग्ने ठुलो सियोले २०० देखी २५० वटा सम्म सबैतिर पर्नेगरी प्वाल पार्ने। एउटा मात्रा सियोले खोप्दा धेरै समय लाग्ने हुँदा १० देखी १२ वटा जती सियोलाई एउटा बट्टा को वारीपरी राखेर ट्युबको केही सानो भागले बाध्ने र खोप्ने । २० पटकामै २०० भन्दा माथि प्वाल हुन्छ।
———————————————————————————————————-
पोका राख्ने ठाउँ
पोका पारेर खोपिसकेपछी केही समय पोकालाई भुइमा प्लास्टिक ओछ्याएर राख्ने। ७ देखी १० दिन पछी झुन्ड्याउने, भुइमै राख्ने भए लाइन मिलाएर पानी दिने र च्याउ टिप्ने बाटो मिलाएर राख्ने, यसलाई इटा वा ढुङ्गा माथि राख्दा बढी राम्रो हुन्छ। यसरी पोका पारेर ७ देखी १० दिन राख्दा पोकामा राम्रो ढुसी फैलिदै जाने हुनाले धुसिमा च्याउको फूलको जस्तै बास्ना चल्छ। यो बास्नाको कारण किराले र भुसुनाले ढुसिलाई आक्रमण गर्न खोज्छ। त्यसकारण रेगुलर औषधी प्रयोग गर्नुपर्छ। पोका पारेको दिन देखी लिएर च्याउको मुना
नआउन्जेल सम्म दैनिक औषधी स्प्रे गर्नुपर्छ।
पहिलो दिन : निम तेल १ लि. पानीमा २ एम.एल का दरले
दोस्रो दिन: निम तेल र डेसीस १ लि.पानीमा ५ एम.एल का दरले
तेस्रो दिन: निम तेल र वेबीस्टीन १लि. पानीमा ५ ग्राम का दरले
चौथो दिन: निम तेल र डेसीस १ लि.पानीमा ५ एम.एल का दरले
पचौ दिन : निम तेल २ एम.एल १ लि.पानीमा २ एम.एल का दरले
छैठौ दिन: निम तेल र वेबीस्टीन १लि. पानीमा २ एम.एल ५ ग्राममा
सातौ दिन : निम तेल र वेबीस्टीन १लि. पानीमा २ एम.एल ५ ग्राममा
———————————————————————————————————-
झुन्ड्याउने तरिका
पोका झुन्ड्याउनलाई छप्रो बनाउदा नै ध्यान दिनुपर्छ। सामान्यतया बलो भन्दा अली ठुलो बासको खामो हुनुपर्छ। बलो धेरै छिप्पेको सिधा तारु बास भए बढी राम्रो हुन्छ। यसमा एक बाट अर्को खामोको फरक ७ फिट आधामा गाड्दा एक कबोल वा एक खामो देखी अर्को खामोसम्मको ६ लाइन पोका झुन्ड्याउन सकिन्छ। यदी
टुप्पो वा लुलो बलो झुन्ड्याउदा नुहियो भने तीन वटा पोकाको विच्बाट टेको दिएर पनि कमजोर बास लाई सदुपयोग गर्न सकिन्छ। यसरी झुन्ड्याउदा बढीमा हामीले छेउको बलामा ६ फिट उचाइमा ४ पोका झुन्ड्याउने गरिन्छ।
बिचको बलामा ८ फिट उचाइमा ६ पोका झुनड्याउने l छाप्रो र खामो बलाको क्षेमेता कम छ वा उचाई होचो छ भने यो लेख भन्दा छाप्रो को स्थिति संग मिल्ने र थाम्ने हिसाब ले गर्न सकिन्छ l यसमा उन्लेख बमोजिम ३० फिट लम्बाई र १४ देखि १५ फिट चौडाई छाप्रो ७.५ फुटको र १४ देखि १५ फिट चौडाई छाप्रो मा ७.५ फट्को कबोलमा ६ लाइन झुनड्याउदा र छाप्रो मा पानी हाल्ने र च्याउ टिप्ने बाटो राख्दा ४६८ पोका झुनड्याउन सकिन्छ l
छेउको लाइनमा 4 × ६ = २४ लाइन हुन्छ
२४ लाइन × ४ = ९६ पोका हुन्छ l
२ छेउ ९६ × २ = १९२ बिचमा बाटो राख्दा
२३ लाइन ६ पोका को दरले २३ × ६ = १३८ बिचमा बाटो राख्दा २३ लाइन ६ पोका को दरले २३ × ६ = १३८ चार लाइन जम्मा = ४६८ हुन्छ l
————————————————————————————————————
पोका काट्ने कात्ने समय
गर्मी मौसममा कारीब १३ देखी १८ दिनमा र जाडो मौसममा २५ देखी ४० दिनमा पोका
कात्ने समय हुन्छ तर पोकाको स्थितिचाही राम्ररी जाँच्न सक्नुपर्छ ।
पोका काट्ने बेला भएको कसरी थाहा पाउने
क) हामीले पोका पारेको परालको कलर एकदमै फरक भाई रातो,पहेलो वा राम्रो पराल कलरमा हुनु।
ख) हामीले पोकामा राखेको विउको तह सबै ठाउमा एकै खालको हुनु। तल्लो र माथिलो तह जोड़ीनु
ग) पोकाको सबै परालमा राम्ररी ढुसी मिलेको देखिनु।
घ) विउमा देखिने गहुको दाना पुरै धुसिमा बिलाउनु ।
ड.) परैबाट हेर्दा ढुसिले आकर्शक पोका देखिनु।
हामीले बनाएको च्याउको पोकाको यो स्थिती देखिएपछी तुरुन्तै पोका काट्न सक्छौ।
————————————————————————————————————
पोका काट्ने तरिका
स्तरिय च्याउ फलाउना प्लास्टिक खोल्नु हुदैन सिमित ठाउबाट मात्र फलाउने गरी प्लास्टिक काट्नु पर्छ प्लास्टिक सबै खोल्दा च्याउको विरुवालाई खाने तत्व कम् हुन्छ फलस्वरोप च्याउ गुणस्तर को हुदैन । एउटा पोकामा ३ देखी ४ वटा ठाउमा काट्दा सबै भागबाट उत्पादन लिन सकिन्छ। अगाडि पट्टी र पछाडिपट्टी डोरिको छेउमा नयाँ ब्लेडले पराल नछरिने गरी र प्लास्टिक मात्र कट्ने गरी पराल राम्ररी काट्नु पर्दछ। कन्ये च्याउ प्लास्टिक काटेकोआधारमा झुपाको साइज निकाल्ने दुई ठाउमा काटे साना साना झुप्पा हुन्छ। यसरी प्लास्टिक काट्दा पानीको सुक्खापन कम हुन्छ। किरा, वा बाहिरी बतासले पनि धेरै सताउन सक्दैन। त्यसकारण लामो समयसम्म पोका सुरक्षित रहन्छ र उत्पादन बढी हुन्छ।
———————————————————————————————————–
पोका काटे पछी
पोका काटेपछि को समय भनेको नजिक को च्याउ फल्ने समय मा हामी पुगेका हुन्छौ l त्यसैले निकै ध्यान दिएर पोकामा पनि दिने झ्याल बाट हावा दिने जस्ता काम सक्रिय हुनुपर्छ l हावा दिदा छाप्रो बनाउदा निश्चित हिसाब ले राखेको झ्याल त्यसै बाट हावा खोल्न र छोप्न मिल्ने प्लास्टिक राखी गर्मि मा रातमा र जाडोमा दिउसो घाम लागेको बेलामा झ्याल खोलि हावा दिन सकिन्छ l हावा दिने झ्याल मा भित्र पट्टि झुल र बाहिर कालो कलर को बाक्लो प्लास्टिक ले राम्ररी ढाक्ने गरि मिलायको हुनु पर्दछ l झुल सधै किराहरु नपस्ने गरि राखियको हुनु पर्छ प्लास्टिक चाही खोल्न /निकाल्न मिल्ने हुनु पर्दछ l काटेको पोको धेरै समय सुक्खा भयो भने उम्रन लागेको बिरुवा मर्छ l त्यसैले बिरुवा ओसिलो भइरहनु पर्दछ l स्प्रे बाट राम्ररी सफा स्वच्छ र पोटास प्रयोग गरियको पानी दिदा च्याउ लाई l पानी दिदा सबै पोकामा पर्ने गरि दिनु पर्छ l जमेको वा कुलो को फोहोर र नराम्रो पानी च्याउ मा हाल्नु हुदैन l यसरि पानी को चिस्यान र राम्ररी हावा आवत जावत गर्ने झ्याल को ब्यबस्थित छाप्रो मा च्याउ राम्रो स्थारिया फाल्नु को साथै उत्पादन बढी हुन्छ l
———————————————————————————————————————————
च्याउ टिप्ने तरिका
हाम्रो खेतिमा फलेका च्याउ कलर पहिलेको भन्दा फिक्का सेता च्याउको पत्ता छेउ नै पातलो भई फुटन लागेको हुनु, झुप्पाको सबैभन्दा माथिल्लो पात केही कुप्रो आकारको देखिनु यि अवस्थाका च्याउ टिप्ने बेलाका हुन। डाक्टरहरुले कन्ये च्याउ हतियार प्रयोग गरी टिप्ने सल्लाह दिएका छन। तर यो तरिकाभन्दा रायोको साग जस्तै गरी घुमाएर टिप्दा त्यो च्याउको जरैदेखिको सम्बन्धित भाग आउने हुँदा अर्को आउने च्याउलाई पहिलेको पुरानो भागले समस्या पर्दैन। कटदा रहेको फेदको भागले निम्त्याउने भुसुनाको प्रकोप पनि कम् हुन्छ। काटेर रहेको भाग तुरुन्तै सफा गर्न नसके त्यसैबाट हरियो ढुसी चाडै फैलन्छ। त्यसकारण काटेर च्याउ टिप्ने भन्दा मर्काएर टिप्दा बढी राम्रो हुन्छ।
————————————————————————————————————
पोका सफा गर्ने तरिका
च्याउ तिपिसकेपछी त्यो तिपेको भागमा रहेको बाँकी मसिनो च्याउ वा टिप्दा भाचिएर रहेको डाठ को कुनै भाग वा त्यो च्याउ फलेको वारीपरी जमेको केही बाक्लो ढुसिको भाग च्याउ टीपिसकेपछी त्यस ठाउबाट अर्को फेरी च्याउ पलाउने भएकाले रहेको बाँकी डाठ, च्याउ र आवश्यक बाक्लो ढुसिलाई राम्ररी सफा गर्नुपर्छ। यसरी सफा गर्नाले अर्को पटक आउने च्याउलाई समस्या पर्दैन र सफा च्याउ उम्रन सक्छ। पोका सफा नगरनाले फेरी आउने च्याउलाई सढे गलेको भागले छोपी समस्या पार्छ र उत्पादन घट्छ। प्लास्टिक काटेको पोकामा सबै ठाउबाट च्याउ आउन खुल्ला नभएकाले सियोले खोपेको प्वालबाट च्याउ आउछ। त्यो प्वाल साघुरो भएकाले च्याउको केही फेदको भाग खिल जस्तो च्याउ टिप्दा उम्रेकै ठाउमा प्लास्टिक भित्र रहन्छ। यस्तो भागअलाई प्लास्टिक काटेर बाँकी रहेको भाग वा खिललाई निकाल्ने । च्याउ प्लास्टिक भित्र टुसाइरहेको छ तर बाहिर निस्कन नसक्दा प्लास्टिक भित्र विरुवा मर्छ र सढेर बस्छ। यस्तो सढेकोलाई पनि प्लास्टिक काटेर पोका सफा गर्नुपर्छ।
———————————————————————————————————–
कन्ये च्याउमा लाग्ने रोगहरु र यसको रोक थाम
१) हरियो ढुसी
२) कालो टिका
३) पोकाको केही भागमा देखिने कालो
४) भुसुना र किरा
५) पोकैमा पर्ने किरा
६) सुन्तला रङ्का किरा
७) चिप्ले किरा

 हरियो ढुसी:
कन्ये च्याउ खेतिमा लाग्ने सबै भन्दा ठुलो रोग हरियो ढुसी हो। यसलाई खेती गर्दा सफा हावा चल्ने र सफा पराल हुनुपर्छ। यसमा गर्नुपर्ने सफाइ र औषधीको तालिका बमोजिम काम गर्नुपर्छ। यसरी पनि पोकामा हरियो ढुसी देखियो भने तालिका अनुसारको फर्मालिन र वेविस्तिनको झोल बनाइ हरियो ढुसी आएको भागको प्लास्टिक आधा इन्चको फरकमा चिरेर औषधी झुम्रामा राखी केही मोडे जसरी हरियो ढुसी आएको भागमा लगाए नियन्त्रन हुन्छ।

कालो टिका :
कुनै बिउ खराब हुने हुँदा पोका पारेको केही दिन पछी विउबाट नै कालो टिका देखिन्छ। यो कालो टिका बिउबाट आउने हुँदा पोकामा विउ राख्दा राम्ररी ध्यानपुर्याएर हेर्नु पर्छ।
पोकाको केही भागमा देखिने कालो : बफ्याउदा नपाकेको परालमा बिउ बाँच्न नसक्दा पराल कालो देखिन्छ।

भुसुना र किरा :
च्याउमा बास्ना चल्ने भएकाले पोका पारेको लगत्तै च्याउको ढुसी खान भुसुना
आउछन। यसको लागि झ्याल झुल लगाउनुपर्छ र औषधी स्प्रे गर्नुपर्छ।

पोकामा पर्ने किरा:
च्याउ ढुसी भुसुना ले खाए पछी ठुलो संख्या मा फुल पर्छ र पछी किरामा परिणत हुन्छ l
सुन्तले रंग को किरा : च्याउ फल्दै गरेको बेलामा च्याउ मा लाग्छ सुन्तले रंग को किरा यसको लागी १ एम .एल डेसिस मा ४ एम.एल नीम तेल प्रति लीटर पानीमा राखेर स्प्रे गर्ने

चिप्ले किरा :
 यो किरा लाइ बाटा माँ औषदी छरी नियंत्रण गर्ने l छाप्रो भित्र पानी जम्ने खाल्डो नराख्ने , छाप्रो भित्र जथा भाबी मान्छे लाई पश्न नदीने , च्याउ मा हाल्ने पानी पोटास हालेर मात्र प्रयोग गर्ने l
यी कुरा हरुमा मिहिनेत संग गरे तपाई एक कुसल च्याउ ब्याबसयी बन्न सफल हुनुहुनेछ 

गड्यौला पालेर बार्षीक १५ लाख आम्दानी

इटहरी – सिप र जाँगर भए आम्दानीका लागि कहि गइरहनु पर्दैन । आप्mनै गाँउ ठाँउमा पनि मनग्गे आम्दानी गर्न सकिन्छ । सुनसरी तरहराका किसान प्रम फुयाँलले यही कुरा प्रमाणित गरिदिनु भएको छ ।
कृषी बिकास कार्यालयमा २२ बर्ष जागिर खाएर अवकास पाउनु भएका फुयाँलले गड्यौला पालनबाट बर्षका १५ लाख रुपैयाँ भन्दा बढि आम्दानी गरिरहनु भएको छ ।
धेरै लाई लाग्छ गड्यौला पालेर पनि कतै आम्दानी हुन्छ ? तर फुयाल भन्नु हुन्छ –‘गड्यौलाको खेतिबाट जागीरबाट भन्दा राम्रो आम्दानी मिलेको छ ।’ गड्यौला पालन गर्न थाल्नु भएको दुई बर्ष भएको छ ।

कृषी विकास कार्यालयमा काम गर्दा सिकेको सिप प्रयोगमा ल्याएको उहाँले बताउनु भयो । जागिरबाट अवकास पाएपछि उहाँले घरमै गाईको फारम खोल्नु भयो । गाई बस्तुको गोवरको सदुपयोग गड्यौला पालनबाट हुन सक्ने देखेर यो काम थालेको हुँ उहाँले भन्नु भयो –गर्दा यही पनि धेरै थोक हुने रहेछ ।

उहाँ अहिले गड्यौलाको कल्चर ( अण्डा र गड्यौला सहितको माटो ) र गड्यौलाले खाएर बनाएको कम्पोष्ट मलको बिक्री गर्नु हुन्छ । अहिले बजारमा गड्यौलाका कल्चरको प्रति किलो सात सय रुपैयाँ र कम्पोष्ट मलको १६ रुपैयाँ प्रतिकिलो पर्छ । उहाँले उत्पादन गरेको कम्पोष्ट मल अहिले पश्चिम नेपालको दाङ्ग सम्म पुग्ने गरेको छ ।
पूर्वका बिभिन्न स्थानमा समेत बिक्री भइरहेको छ । कृषी सहकारी, कृषक समूह र व्यबसायीक कृषी कर्म गर्नेहरुले घरैबाट मल र कल्चर लैजाने गरेको उहाँले बताउनु भयो ।

एक कठ्ठा जग्गमा १५ लाख
एक कठ्ठा जग्गाबाट उहाँले १५ लाख रुपैयाँ बर्षको आम्दानी गर्नु हुन्छ । यसका लागि लगानी पनि छैन । झडै १० धुर जग्गामा उहाँले गड्यौलाको पिठ बनाउनु भएको छ । ५ फिट गहिरो खाल्डोमा उहाँले पाकेको गोबर ,कुिहने झरापातहरु केराको दाम्चा ,जलकुम्भी, भुस लाई तह तह मिलाएर राख्नु हुन्छ ।
सो ठाँउलाइ अध्ययारो पारेर माथिबाट गड्यौला र गड्यौलाको फूल हालिदिनु हुन्छ । ५ महिना पछि कम्पोष्ट मल तयार हुन्छ । यो फोहोरबाट मोहोर बनाउने उपाया हो । उहाँले भन्नु भयो –‘खेर गएका झारपात बाट पनि आम्दानी गर्न सकिन्छ ।’

अर्गानिकमा फाइदा
अहिले आर्गनिक उत्पादनमा जोड दिन थालिएको छ । रसायनिक मल हालेर उत्पादन गरिएका तरकारी र फलफूलबाट मानिसको स्वास्थयमा असर पर्ने भन्दै रसायनिक मल प्रयोग नगरिएको खानेकुरा खान चिकित्सकहरुले सल्लाहा दिने गरेका छन् । रसायनिक मलको बिकल्पको रुपमा गड्यौला पालन गरेर बनाइएको कम्पोष्ट मल प्रभाबकारी हुने जिल्ला कृषी बिकास कार्यालय सुनसरीका बालि संरक्षण अधिकृत तृप्तीनारायण मिश्रले बताउु भयो ।

उहाँका अनुसार बालीलाइ चाहिने पौष्टिक तत्व गड्यौलाले खाएर बनेको कम्पोष्ट मलमा पाइने र बाली नालि फस्टाउने जानाकरी दिनु भयो । थोरै जग्गामा मनग्गे आम्दानी गर्ने किसान प्रेम प्रसाद फुयालका कुरा सुन्ने हो भने नेपलमा केहि छैन भनेर निराश हुनेहरुका लागि आशाको उज्यालो देखिन सक्छ । तर पनि सरकारी निती र योजनाहरु भने फरिनु पर्ने उहाँको सुझाब छ ।

बोत्तल कागज बटुलेर करोडपति ! सफलताको कथाः

आफ्नै देशमा सम्भव छ सफल व्यवसाय

खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै साइकल डोर्‍याउनेहरुको मेहेनत देखेर उनी प्रभावित थिए । भारतीय मूलका नागरिकहरु काठमाडौंका गल्ली गल्ली डुलेर खाली बोत्तल, कागज र फलामका टुक्रा सङ्कलन गर्थे । के जाडो के गर्मी कुनै मौसमले पनि फरक पार्दैनथ्यो उनीहरुलाई । बिहान सबेरैदेखि राति अबेरसम्म साइकल डोर्‍याइरहेका भेटिन्थे । तर, त्यो काममा उनी कोही पनि नेपाली देख्दैनथे ।

त्यो काम, जसलाई हेयको दृष्टिले हेरिन्थ्यो । र, अहिले पनि हेरिन्छ । तर, काठमाडौंको ताहाचलबाट शिक्षा संकायमा स्नातक गरेका धादिङका रामहिरा पाठकलाई त्यो काम तल्लोस्तरको हो भन्ने लागेन । बरु उनलाई लाग्यो, यो काममा पैसा नहुने भए किन मान्छेहरु भारतदेखि आएर रातदिन खटिरहेका छन् ? साँझ बिहान केही नभनी किन खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै घोक्रो सुकाइरहेका छन् ? पक्कै केही छ ।

स्नातक गरिसकेका रामहिराले जागिर नखोजेका होइनन् । झुत्रा कागज सङ्कलनको काममा प्रवेश गर्नुभन्दा अघि करिब पाँच महिना काठमाडौंमा धुइँधुइँति जागिर खोजे । बिहान उठेर पत्रिकाका सूचना हेर्नु र जागिरका लागि विभिन्न कार्यालयहरु धाउनु उनको दैनिकी नै बनेको थियो । जागिरको खोजीमा भौतारिँदा भौतारिँदा चप्पलका लोता कैयन पटक छिने । खल्तीमा भएको दुई चार सय पनि कार्यालयहरु धाउँदा नै सकियो । जागिर खोजेर हार खाए उनले ।

जागिरबाट हार खाएपछि प्रतिज्ञा गरे, अब म जिन्दगीमा जागिर नै खान्न । आफ्नै केही काम गर्छु । तर, के काम गर्ने आफैंले ? उनीसँग कुनै ठोस विकल्प थिएन । उनका मनमा अनेकौं व्यवसायिक सोचहरु आउँथे । तर, पैसाको अभावमा ती हरेक सोच धेरैबेर टिक्दैनथे । छिट्टै सेलाइहाल्थे । । ती हरेक सोचलाई लगानीको भूतले तर्साइदिन्थ्यो । हातमा पैसा नभएपनि उनी कल्पनाका ठूला ठूला महल ठड्याउँथे । ठूला ठूला व्यवसाय सञ्चालनका सपना बुन्थे ।

उनले आइए पढ्दाताका ट्युसन पढाउने र चुंगिकरको कार्यालयमा करिब एक वर्ष काम गर्ने अवसर पाएका थिए । ०४६ को जनआन्दोलन सफल भएसँगै चुंगिकरको कार्यालय बन्द भयो । त्यसपछि उनी बेरोजगार बने । र, जागिरको खोजीमा भौतारिए । कसैले उनलाई पत्याएनन् । त्यसपछि उनी यस्तो काममा होमिए जुन काम न उनका बाउ बाजेले गरेका थिए । न टोल, छरछिमेक र चिनेजानेका कसैले नै ।

उनको गाउँमा मात्र होइन, उनको सम्झनामा भएअनुसार तत्कालिन अबस्थामा कुनै नेपालीले पनि नगरेको काम थियो त्यो । उनको दाबी छ, म नै एकमात्र नेपाली थिएँ खाली बोत्तल, कागज, फलामका टुक्रा सङ्कलनको काममा लाग्ने व्यक्ति । उनी भन्छन्, त्यो काममा तराइ मधेश मुलका नेपाली त पछि आएका हन् ।

भारतीय नागरिकहरु खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै गल्ली गल्ली चहार्थे । तर, उनी त्यो काममा नेपाली देख्दैनथे । उनलाई लाग्थ्यो, के नेपालीले चाहिँ गर्नै नहुने काम हो र यो ? एकातिर जागिर नपाएको पीडा अर्कातिर अन्य व्यवसायका लागि लगानी जुटाउन नसक्ने अबस्था । त्यहिकारण उनले तिनै भारतीय नागरिकहरुले गरिरहेको काम रोज्ने निर्णय गरे ।

एउटा थोत्रो साइकल किने । अनि झुत्रा कागज सङ्कलनको काममा लागे । स्नातक गरेका रामहिराको दैनिकी अब झुत्रा कागज सङ्कलनको काममा बित्न थाल्यो । बिहानै उठ्नु अनि साइकल डोर्‍याएर झुत्रा कागज खोज्दै बजार डुल्नु उनको नियमति काम हुन थाल्यो । दिउँसभरी कागज संकलन गर्थे र बेलुकी साइकलमा बाँधेर टंकेश्वरस्थित गोदाममा पुग्थे । मासिक दुई सय रुपैंयाँमा कागज थुपार्ने गोदाम लिएका थिए उनले ।

केही काम नपाएको झोकमा कागज सङ्कलनको काम गरे पनि त्यसको विस्तृत आइडिया भने थिएन । पोखरीमा हाम फालेपछि धेरथोर पौडिहालिन्छ भन्ने मान्यतामा उनले कागज सङ्कलनको काम शुरु गरेका थिए ।

निकै कागज सङ्कलन भएपछि भारतीय ठेकेदारहरु आउँथे र कागज किनेर लैजान्थे । झुत्रा कागज सङ्कलन गर्न मात्र गाह्रो थियो सङ्कलन गरेपछि विक्रीका लागि समस्या थिएन ।

साइकल डोर्‍याएर कागज बटुल्दै हिँड्दा उनीसँगै पढेका साथीहरु चाहिँ जिस्क्याउथे । चिनेजानेका मान्छे अछुत व्यवहार गर्थे । टोल छरछिमेकका मान्छे उनलाई देखेर जिब्रो टोक्थे । यो मान्छेको कस्तो मति बिग्रेको होला, बिए पास गरिसकेको मान्छेको बुद्धि किन यस्तो आएको होला भनेर कुरा काट्थे । मानौं उनी दिमाग खुस्किएर झुरा कागज बटुल्दै हिँडेका छन् उनले यो दुनियाँमा गर्नै नहुने काम गरेका छन् ।

एकदिन उनी गोरखापत्र संस्थानको कार्यालय पुगे । प्रकाश नाम गरेका व्यक्ति प्रशासन फाँटमा थिए । झुरा कागजको टेण्डर खुलेको कुरा उनले प्रकाशबाट जानकारी पाए । तर, टेण्डर भनेको के हो भन्ने कुरा नै थाहा थिएन उनलाई । के हो टेण्डर भनेको ? उल्टै प्रकाशलाई प्रश्न गरे ।

झुरा कागज खोज्दै बजारमा हिँड्ने नेपाली त्यसअघि प्रकाशले पनि नभेटेका कारण हुन सक्छ रामहिरालाई सकेको सहयोग गरे । रामहिराका नाममा टेण्डर पर्‍यो । अब टंकेश्वर गोदाममा कागजको भोलुम बढ्न थाल्यो ।

त्यही क्रममा एकजना भारतीय नागरिकले उनीसँगै मिलेर झुरा कागजको काम गर्ने इच्छा देखाए । जसलाई सहजै स्विकारे रामहिराले । एक्लै भन्दा पार्टनरसिपमा भयो भने काम गर्न सहज होला भन्ने सोचका साथ ती भारतीयलाई आफ्नो पार्टनर बनाए । त्यसपछि साँच्चै उनलाई काममा सहज भयो । भारतीय नागरिकसँगको पार्टनरसिपपछि कागज सङ्कलन र विक्रीका नयाँ नयाँ स्थान पत्ता लाग्यो । झुरा कागज सङ्कलन र विक्रीको व्यवसायले राम्रै गति लिन थाल्यो ।

उनी झुरा कागज सङ्कलनका लागि विभिन्न प्रेस र कार्यालयहरु पुग्थे । नेपाली अझ त्यसमा पनि पहाडी समुदायको मान्छे त त्यो पेशामा लागेकै थिएनन् । त्यसैले मान्छेहरु उनलाई हिन्दी भाषामा बोलाउँथे,भैया इदर आओ इदर आओ । उनलाई चाहिँ हाँसो उठ्थ्यो । र, भन्थे- म हिन्दी बुझ्दिन नेपाली मात्रै बुझ्छु ।

केही समय पार्टनर रहेका भारतीय पछि अलग भए । अलि उमेर गएका थिए । त्यसैले म नसक्ने भएँ म भारततिरै जान्छु भनेर बिदा भए । केही नजान्दै कागज सङ्कलनको काममा लागेका रामहिराले भारतीयसँगको सङ्गतपछि धेरै कुरा जानिसकेका थिए । जसले गर्दा त्यो व्यवसाय छोड्ने भन्ने कुरै थिएन । व्यवसायिक रस राम्रैसँग भिज्न थालिसकेको थियो ।

आफू मात्रै दौडिएर व्यवसाय फस्टाउँदैन भन्ने लाग्यो उनलाई । त्यसपछि कागज सङ्कलनका लागि मान्छे राख्ने निर्णयमा पुगे । मासिक तलबमा १५, २० जना राखे । तर, ती मान्छे एक डेढ महिनाभन्दा बढी टिकेनन् । कागज खोज्दै बजारमा जान लाज माने । विभिन्न बहाना बनाएर ती सबैले पालैपालो काम छोडे ।

पुराना कागजको अर्डर निकै आउँथ्यो । तर, अर्डर पूरा गर्न नसक्ने अबस्थामा थिए उनी । नेपालमा कागज बटुल्ने मान्छे पाएनन् त्यसपछि भारतको बिहार गएर केही मान्छे ल्याए । तिनलाई राम्रै कमिशन दिए । काममा लाग्न प्रेरित गरे । उनीहरुका आधारभूत आवश्यकता पूरा भएपछि काममा निकै खटिए ती मान्छे ।

गोदाममा पुराना कागजको ओइरो लाग्यो । तर, कागज उठाउने मान्छे आएनन् । तिर्नुपर्ने पैसा पनि तिरेनन् । अब उनी समस्यामा परे । बिहार पुगेर काम गर्ने मान्छे खोजेर ल्याउनु पनि कागज किन्नेहरु नआउनु पनि । दोहोरो समस्या आइपर्‍यो ।

गोदामको कागज बिक्रीका लागि उनी जनकपुर पुगे । जनकपुरको एभरेष्ट पेपर मिल्समा गएर कुरा गरे । एभरेष्ट मिल्सका सञ्चालकले कानुनी रुपमा दर्ता भएको कुनै व्यवसायिक संस्थाबाट मात्रै कागज लिन सकिने बताएपछि उनी काठमाडौं फर्किएर गौरब सप्लायर्स नामको व्यवसायिक फार्म खोले । पुराना, झुुत्रा कागज सङ्कलन र विक्रीको काम अब उनी गौरब सप्लायर्समार्फत् गर्न थाले । एभरेष्ट पेपर, भृकुटी कागज लगायतका उद्योगमा पुराना कागज विक्री गरिरहेका उनलाई पछिल्लो पटक एम के पेपर मिल्सबाट एउटा प्रस्ताव आयो । पार्टनरसिपको प्रस्ताव । त्यसपछि उनी एम के पेपर मिल्समा जोडिए ।

पुराना कागज सङ्कलन र विक्री वितरणको काम गौरव सप्लायर्स मार्फत हुन थाल्यो भने कागज पुन: प्रसोधनको काम एम के पेपर मिल्सबाट । अब भने पुराना कागजको खपतका लागि ग्राहक खोज्दै हिँड्नुपर्ने झञ्झट हट्यो ।

पुराना कागज सङ्कलनका लागि साइकल डोर्‍याएर बजार डुल्ने रामहिरा पेपर मिल्सका मालिक बने । त्यसपछि छपाइ सम्बन्धि कामका लागि छुट्टै प्रेस खोले । थोत्रा कागज सङ्कलन गर्ने, त्यसलाई प्रशोधन गरेर फेरि नयाँ कागज बनाउने अनि आफ्नै प्रेसमा छपाइ गर्ने । फेरि कापी, पुस्तकका रुपमा तिनलाई बजारमा पठाउँने अनि फेरि उसैगरी गौरब सप्लायर्समार्फत् एम के पेपर मिल्समा पठाएर नयाँ कागज बनाउने । एक किसिमको चक्रिय व्यवसायमा परिणत भयो कुनैबेला थोत्रो साइकलबाट शुरु भएको उनको झुत्रा कागजको व्यवसाय ।

झुत्रा कागजसँगै थोत्रा प्लाष्टिक र प्लाष्टिकजन्य सामग्रीहरुको सङ्कलन पनि गथ्र्यो गौरव सप्लायर्सले । पछि तिनै प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थको पुनः प्रशोधन गर्ने उद्योग नै खुल्यो, प्लाष्टिक उद्योग प्रा.लि. । जुन उद्योगबाट अहिले प्लाष्टिक तथा प्लाष्टिकजन्य भाँडाहरु उत्पादन भइरहेका छन् ।

रामहिराको प्रत्यक्ष लगानीमा सञ्चालित अर्को व्यवसायिक संस्थाको नाम हो, संकलन एवं व्यवस्थापन केन्द्र कबाडी प्रा.लि.। फलाम तथा फलामजन्य पदार्थहरु बजारबाट सङ्कलन गरेर प्रशोधनका लागि अन्य उद्योगमा पठाउने काम गरिरहेको छ यो कम्पनीले । देशका नाम चलेका डण्डी उद्योगहरुमा यही कम्पनीमार्फत कच्चा पदार्थ आपूर्ति भइरहेको छ ।

कबाडी सामानहरु सङ्कलनका लागि विभिन्न कलेक्सन सेन्टरहरु छन् रामहिराका । मुख्य केन्द्र बल्खुमा छ भने अन्य शाखाहरु उपत्यकाका विभिन्न स्थानहरुमा । चार पाँचवटा गाडी र दर्जनौं साइकल कबाड सामानहरुको ओसारपसारमा दैनिक रुपमा परिचालित छन् । मासिक करिब १५ सय टन थोत्रा कागज र हजार टन फलामका टुक्रा सङ्कलन हुन्छ उनको कम्पनीमा ।

एउटा थोत्रो साइकलबाट शुरु भएको व्यवसाय अहिले करोडौंमा पुगेको छ । कागज उद्योग, प्लाष्टिक उद्योग, गौरव सप्लायर्स, कबाडी उद्योग लगायतमा गरी अहिले सयौंले रोजगारी पाएका छन् । जतिबेला उनी रोजगारीका लागि भौतारिन्थे त्यतिबेला सायदै सोचेका थिए होलान्, म सयौंलाई रोजगारी दिने अबस्थामा पुग्नेछु भनेर ।

कबाड व्यवसायमा लागेको भन्दै सुरुवातीका दिनमा उनले थुप्रैको अपहेलना सहे भने पछिल्लो समयमा अपहेलनाको शिकार उनका छोरा भए । काठमाडौंको एक नाम चलेको स्कुलमा पढ्थे उनका छोरा । तर, बुवाले कबाड व्यवसाय गरेको भन्दै उनलाई सबैले कबाडी कबाडी भनेर बोलाउन थाले । त्यसपछि छोरा त्यो स्कुल जानै मानेनन् ।

सबै व्यवसायीहरुका आ-आफ्नै संस्था थिए । व्यवसायिक हकहितका लागि भनेर थुप्रै संघ संस्था खुलेका थिए । ०५१/०५२ सालतिर उनलाई पनि कबाड व्यवसायीहरुको संस्था खोल्न मन लाग्यो । तर, कार्यसमितीको संख्या पुर्‍याउन नै हम्मे पर्‍यो उनलाई । कारण यो व्यवसायमा नेपाली नागरिक अत्यन्त कम थिए । नेपाली नागरिकता नभई जिल्ला प्रशासनमा दर्ता नहुने । त्यसैले संस्था नै दर्ता भएन त्यो पटक । केही वर्षपछि चाहिँ यो व्यवसायमा अन्य नेपाली प्रवेश गरेपछि कार्यसमितिका लागि नागरिकता पुग्यो र संस्था दर्ता भयो । अहिले उनी त्यो संस्थाको पनि अध्यक्ष छन् ।

कुनैबेला संस्था दर्ताका लागि कार्यसमिति सदस्य पुर्‍याउँन समेत हम्मे भएको यो व्यवसायमा अहिले उपत्यकामा मात्रै ११ हजार भन्दा बढि संलग्न छन् । र, ती मध्ये केही रामहिराहरु फलामका टुक्रा र थोत्रा कागजमा पनि हिरा झैं चम्किएका छन् । त्यसैले त रामहिरा भन्छन्, कुनैबेला कबाडी भनेर हेप्नेहरु मेरो सफलता देखेर अचम्मित मात्र भएका छैनन् हामीलाई पनि केही बाटो देखाइदे न भन्न थालेका छन् ।
साभार: अनलाइनखबर 

अमेरिकी भिसा त्यागेर देशकै ठूलो गाईफार्म, वार्षिक ५ करोड आम्दानी, ३० जनालाई रोजगारी

काठमाडौं । नेपालजस्तो गरिब देशका जनताका लागि संसारकै धनी मुलुक अमेरिका जान पाउनु भाग्य मान्ने सोच अहिले पनि छ । आजभन्दा १५ वर्षअघि ममा पनि त्यस्तै सोच पलायो । त्यतिबेला म सरकारी विद्यालयमा स्थायी शिक्षकको जागिरे थिएँ, आफ्नै पेट्रोल पम्प पनि चलाएको थिएँ ।

बुटवलमा घरजग्गा भएकाले आर्थिक अवस्था पनि राम्रै थियो । तर, अमेरिका जानुपर्छ भन्ने भूतले सताएपछि सरकारी जागिरबाट राजीनामा दिएँ, पेट्रोल पम्प पनि बेचेर अमेरिका हान्निएँ । त्यतिबेला अमेरिकाले बिरलै नेपालीलाई मात्र एकैपटक ५ वर्ष अवधिको भिसा दिन्थ्यो, जसमा म पनि परें ।

नेपालीहरूका लागि सपनाको देश मानिने र हरेक कुराले सुविधासम्पन्न देश अमेरिका त पुगें तर त्यहाँको बसाइ २ हप्ता पनि बित्न नपाउँदै मनमा अनेक कुरा खेल्न थाले । त्यहाँका सफा सडक, आलिशान महल, चिल्ला गाडीजस्ता जे जति सम्पन्नता, वैभव र विकास देखें, ती विदेशीका लागि त होइन, अमेरिकीहरूकै लागि न हो भन्ने महसुस हुन थाल्यो । मैले अमेरिकामा जति पसिना बगाए पनि त्यो आफ्ना लागि हुन्न भन्ने महसुस गरें ।

श्रीमती र परिवार सबैलाई अमेरिका लैजाने सोचका साथ अमेरिका पुगेको मेरो मनले त्यहाँ दोस्रो दर्जाको नागरिक भएर बस्न मानेन, मनमा देशभक्तिको भावना प्रबल भएर आयो । फलस्वरूप नेपाल फर्किएर स्वाभिमानपूर्वक आफ्नै माटोमा केही गर्ने अठोटका साथ ५ वर्षको भिसा त्यागेर तेस्रो हप्तामै नेपाल आएँ । कतिपयले मलाई बुद्धि बिग्रेको भने तर मैले वास्ता गरिनँ ।

नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि वा पशुपालन परम्परावादी र निर्वाहमुखी मात्र छन्, यसलाई तोडेर व्यावसायीकरण र आधुनिकरण गर्न सके मात्र कृषिले काँचुली फेर्न सक्छ भन्ने लागेर आफूलाई त्यतै केन्द्रित गरें । व्यावसायिक ढंगबाट गाई पाल्ने निधो गरें । यसका पछाडि धेरै कारण छन् । सरकारले नेपाललाई कृषिप्रधान मुलुक भने पनि व्यवहारमा लागू भएको छैन । कृषिका लागि मुख्य आवश्यक प्रांगारिक मल नै छैन । यसका लागि पशुपालन गर्नुपर्छ । रासायनिक मलमा खर्च हुने वार्षिक अर्बौं रुपैयाँ जोगिन्छ र उत्पादन बढ्छ, माटोको उर्वराशक्ति पनि जोगिन्छ । प्रांगारिक मलबाट अर्गा्निक उत्पादनले स्वास्थ्य पनि राम्रो हुन्छ ।

अर्कातर्फ नेपालमा मासिक झन्डै ५ लाख लिटर दूध अपुग रहेको र भारतबाट आयात गर्नुपरेको अवस्थामा गाईपालन गर्दा बजारको कुनै समस्या थिएन । यही सोचले ०६५ मा गाईपालनतिर लागें । गाई पाल्न लुम्बिनी एग्रो प्रडक्ट्स एन्ड रिसर्च सेन्टर प्रालिमार्फत रुपन्देहीको टिकुलीगढमा १० बिघा जग्गा किनेर आधुनिक शैलीको गोठ बनाएँ । सुरुमा होलस्टन र जर्सी जातका २ सयभन्दा बढी गाई ल्याएँ । अहिले फार्मको क्षेत्रफल बढेर २० बिघा भएको छ । सुरुमा २५ करोड लगानी भएकोमा अहिले झन्डै ८० करोड रुपैयाँ पुगेको छ भने गाईको संख्या करिब ५ सय छ । अहिले दैनिक सरदर १ हजार लिटर दूध उत्पादन गर्छु, जसबाट वार्षिक ५ करोड रुपैयाँ आम्दानी हुन्छ ।

मेरो गाई फार्म अहिले नेपालकै ठूलो हो । यहाँ ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मेरो फार्ममा दूध दुहुने १२ वटा मेसिन छन् । एउटा मेसिनले एकपटकमा १२ वटा गाई दुहुन मिल्छ । यहाँ दूध चिस्याउने मेसिन पनि छ । गाईबाट बाच्छीमात्रै जन्माउन मिल्ने ‘सेक्समिन ब्रिडिङ’ प्रविधि पनि छ । घाँस काट्ने मेसिन, प्रांगारिक मल कारखाना, दाना उद्योग पनि छ । फार्ममा सीसीटीभी क्यामरामार्फत अनलाइन मनिटरिङ गरिन्छ । उत्कृष्ट काम गरेको भन्दै ०६७ मा राष्ट्रपतिबाट विकास रत्नले विभूषित भएँ भने ०६८ मा विश्व बैंकबाट नवीकरणीय ऊर्जाका क्षेत्रमा छनोट भई उपविजेता भएँ । विश्व बैंकले मेरो फार्मलाई ७७ लाख अमेरिकी डलर अनुदान दिने गरी छनोटसमेत गरेको छ । त्यस्तै, ०७१ मा उत्कृष्ट कृषि सम्मान प्राप्त गरें ।

पशुपालनमा योगदान पु¥याएको भन्दै सरकारले हालै इजरायल र अस्ट्रेलिया भ्रमणमा पनि सहभागी गरायो । अहिले मेरो गाई फार्म हेर्न देशभरिबाट दैनिक सरदर २ सय जना आउँछन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, झलनाथ खनाल, अर्थमन्त्री, कृषिमन्त्री, योजना आयोगका उपाध्यक्ष, गभर्नर, मुख्य सचिवसँगै विभिन्न दलका शीर्ष नेताहरू आइसक्नुभएको छ ।

सहकारी, विश्वविद्यालय, कलेज, विद्यालयबाट पनि आइरहन्छन् । म अमेरिका बसेर त्यहाँको नागरिक नै बनेको भए पनि त्योभन्दा लाखौं गुणा बढी सन्तोष देशमै मिलेको छ । सरकारले अझै पनि कृषिमैत्री नीति बनाउन सकेको छैन । सरकारले भारतबाट प्रतिलिटर ५५ रुपैयाँमा दूध किन्छ तर नेपाली कृषकलाई ३५–३६ रुपैयाँमात्र दिन्छ । कमिसन खानका लागि गरिने यस्तो राष्ट्रघाती व्यवहारको अन्त्य हुनुपर्छ । अनिमात्र नेपाल दूधमा आत्मनिर्भर हुन्छ । सरकारले कृषकमैत्री नीति बनाउने र लागू गर्ने हो भने म एक्लैले ३ हजार गाई पालेर विश्वकै ठूलो गाई फार्म बनाउन सक्छु ।
साभार: कारोबार 

एउटा कृषि फारम : जहाँ छिर्न टिकट काट्नुपर्छ

भाद्र १९, २०७२- नेपालमा कृषि पर्यटनको सम्भावना देख्नुभएको छैन भने ताथली आउनुहोस् । यहाँ यस्तो व्यावसायिक कृषि फारम छ, जहाँ छिर्न टिकट काट्नुपर्छ । गेटमै बोर्ड राखेर यसको सूचना झुन्ड्याइएको छ । शुल्क छ– व्यक्तिगत सय, समूहगत ५ सय रुपैयाँ

यसमा कृषिसम्बन्धी अवलोकनकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताहरू प्राय: आइरहन्छन् । प्राय: शनिबार विद्यार्थीको भीड लाग्छ । सत्तरी रोपनी जग्गामा तीन वर्षअघि खुलेको पौरखी कृषि फारमले आगन्तुकलाई यसरी लोभ्याउन केही नयाँ काम गरेको छ । तीमध्ये एउटा हो– घाँस खेती ।

तपाईंलाई पनि घाँस किन्नु छ ? कि घाँसको बिरुवा ? अध्यक्ष सुसन कर्माचार्यका अनुसार यहाँको घाँस किन्न सोलुखुम्बुबाट समेत आइपुग्छन् । उपत्यकाका जिल्लाहरूका साथै रसुवा, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोकका पशुपालक किसान यसका मुख्य ग्राहक हुन् ।

एकदेखि ३५ रुपैयाँ गोटासम्ममा बिक्ने घाँसको बिरुवाबाटै यो फारमले बर्सेनि १० लाख रुपैयाँभन्दा बढी कमाउँछ । प्रबन्धक भानु पराजुलीका अनुसार ५५ रोपनी जग्गामा ४० प्रजातिका आयातित घाँस लगाइएको छ । तिनमा सीओ–थ्रि नेपियर, मुलाटो, अम्रिसो, भटमासे, ग्रिनलिप, निमारो, खन्युलगायत छन् ।

‘सुरुमा अन्यत्रका गाईपालन हेर्न गयौं । मान्छे आउँदा गाई आसले कराएको देख्यौं’, सञ्चालक सुदर्शन पराजुलीले भने, ‘त्यही भएर घाँस खेती गर्न प्रेरित भएका हौं । यसबाट आफ्ना गाईलाई पोसिलो आहार पुग्नुका साथै राम्रो आम्दानीसमेत भइरहेको छ ।’

यसमा अहिले दुध दिने १३ वटा गाई, १० वटा कोरली, हजार वटा लोकल ब्रिड कुखुरा, २० माउसहित ५२ बाख्रा पालिएका छन् । तीन रोपनीमा थोपा सिंचाइ प्रविधिको र ९ रोपनीमा अग्र्यानिक खेती गरिएको छ । सञ्चालक ओमबहादुर बस्नेतका अनुसार वर्षको १५ हजार केजीभन्दा बढी तरकारी उत्पादन हुन थालेको छ ।

राजधानीका सक्रिय युवाको समूहले बनाएको पौरखी सामुदायिक कृषि सहकारीद्वारा सञ्चालित यो फारममा ३६ जनाको करिब एक करोड रुपैयाँ लगानी छ । यसको प्रबद्र्धनमा सरकारका विभिन्न निकाले आर्थिक सहयोगसमेत गर्दै आएका छन् ।


यस ठाउँमा खेती गर्न पानी थिएन । उपेन्द्रप्रसाद पराजुलीको दस रोपनी जग्गा प्राय: बाँझिन्थ्यो । बेलामा वर्षात् भयो भने जेनतेन खान पुग्थ्यो । त्यसबाट दिक्क भएका उनी ताथली छोडेर कोटेश्वर बसाइँ सरे । ८६ वर्षको उमेरमा बल्ल उनले त्यही जग्गा हराभरा देख्न पाए । ‘चाहे गर्न सकिने रहेछ’, उनले भने, ‘हाम्रो गाउँ यस्तो बन्छ भन्ने मैले त चिताएको पनि थिइनँ ।’ उनको १० सहित गाउँका अरूले त्यसरी नै छोडेका जग्गा बटुलेर भाडामा लिई पौरखीले कृषिमा हात हालेको हो । तीन वर्ष नहुँदै उसले तीन रोपनी जग्गा किनिसकेको छ ।

ताथली पानीको मूल धेरै भएको ठाउँमा पर्छ । तर, ती सबै यस गाउँभन्दा तलतल पर्छन् । ‘खानेपानी आयोजना जति आए पनि अन्यत्रै केन्द्रित थिए’, स्थानीयबासीसमेत रहेका सुदर्शन सुनाउँछन्, ‘खानेपानीका लागि समेत धारामा पानी आउँदैन थियो । कुवाबाट ल्याउनुपथ्र्यो ।’

पौरखीले तलका मुहानबाट संकलन गरेर मोटरले पानी तानेको छ । पाँच लाख लिटर क्षमताको पक्की ट्यांकी बनाइएको छ । त्यसमा आकाशे पानीसमेत संकलन गरिन्छ । अब सिंचाइका लागि कुनै समस्या छैन । यसलाई पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्न चाँडै ‘होम स्टे’ सञ्चालन गर्ने कर्माचार्यले जानकारी दिइन् ।
साभारः कान्तिपुर 

बाख्राको दूध बेचेर मासिक डेढ लाख कमाउने किसान

२० भदौ, काठमाडौं । गाइभैंसीको दूध बेचेर कृषकले लाखौं कमाएको समाचार त पक्कै पनि तपाईले सुन्नु/पढ्नु भएकै थियो । तर, आज हामी तपाईलाई बाख्राको दूध बेचेर लाखौ कमाउने किसानको रामकहानी पस्कदैछौं ।

बाख्राको दूध र दूधबाट चिज उत्पादन गरी मासिक लाखौ कमाउने किसान हुन्, मकवानपुरको चित्लाङका अशोककुमार सिंह ठकुरी । फ्रान्सको पेरिसमा पाएको २ लाखको जागिर छोडेर १२ वर्षअघि स्वदेश फर्किएका ठकुरीले बाख्रा पालेरै महिनाको डेढ लाख आम्दानी गर्दै आएका छन् । स्वदेशमा रोजगारी पाइएन भन्दै खाडीमा मजदुरी गर्न जानेहरूलार्इ ठकुरीको सफलताले चुनाैति दिएको छ । के गर्ने होला भनेर अलमलमा रहेका युवाहरूलार्इ भने यो कथा सम्मृद्वितर्फको प्रवेसद्वार हुनसक्छ ।

२०५९ मा फ्रान्सन्समा बाख्रापालन तालिम लिएका ठकुरी स्वदेश फर्किएर चित्लाङमा बाख्रा फार्म सुरु गरे । हाल उनको फार्ममा विभिन्न जातका १ सय बढी बाख्रा छन् । फार्ममा १३ वटा सानन, २५ वटा सानन क्रस र बाँकी खरी र जमुना जातका बाख्रा रहेको उनले सुनाए ।  २ वर्षपछि मासिक ३ लाख कमाउने योजना रहेको ठकुरीले सुनाए । ठकुरीले चित्लाङमा स्थापना गरेको बाख्राको दूधबाट चिज उत्पादन गर्ने कारखाना नेपालकै निजी क्षेत्रको पहिलो कारखाना हो । उनले सात जनालाई रोजगारी दिएका छन् । फ्रान्स जानुअघि ठकुरी लामो समय बेल्जियम बसेका थिए ।

पायल्स र क्यान्सरबा जोगिन बाख्राको चिज
बाख्राको दूधबाट उत्पादित चिज नियमित खानाले पायल्स आजीवन नहुने र क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने ठकुरीले दाबी गरे ।
मानव स्वास्थ्यका लागि हितकर भएपछि विश्वभर बाख्राको दूधबाट उत्पादित चीजप्रति आकर्षण बढ्दो छ । उनको फार्मममा सानन जातका बाख्रा छन् । यो जातको बाख्रा संसारभर दूध उत्पादनका लागि प्रसिद्ध मानिन्छ ।

चार लिटर दूधको एक किलो चिज
चार लिटर दूधबाट एक किलो चिज बनाउने उने जानकारी दिए । दूध प्रतिलिटर २ सय रुपैयाँमा र कडा चिज प्रतिकिलो २५ सय रुपैयाँमा बिक्री गर्दै आएको सुनाए । नरम चिज भने किलोको १५ सय रुपैयाँमा बिक्री गर्दै आएको ठकुरी बताउँछन् । दैनिक ६ किलो चिज उत्पादन गर्दै अाएको उनको भनाइथियो ।

एउटै बाख्राको दूध डेढलिटर
बाख्रा विकास फार्म चित्लाङका अनुसार सानन जातको एउटा बाख्राले एक दिनमा आधा लिटरदेखि डेढ लिटरसम्म दूध दिने जनाएको छ । दूधमा औसत ३ .५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । यो जातका बाख्राको शारीरिक तौल औसत ६५ किलो र बोकाको शारीरिक तौल ९५ किलोसम्म हुने फार्मले जनाएको छ ।

माग धान्नै सकिँन
बाख्राको दूधबाट निर्माण भएको चिज मागअनुसार आपूर्ति गर्न नसकको ठकुरीको गुनासो छ । उत्पादित चिज काठमाडौँका तारे होटलमा बिक्री वितरण गर्ने गर्दै आएको बताउँछन्, उनी । ‘अन्य शहरहरुबाट पनि माग आएको छ । तर, दिन सकिरहेको छैन ।’ ठकुरीले भने ।
सामुदायिक होमस्टेमा खैरेको आकर्षण


ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याएका छन् । बाख्राको दूधबाट उत्पादित चिज खान आउने स्वदेशी तथा विदेशी पर्यटकको भिड नै लाग्छ उनले सञ्चालन गरेको होमस्टेमा । देशभरबाट उनको फार्म भ्रमण गर्न आउनेहरु पनि उत्तिकै छन् । ‘पर्यटकलाई बाख्राको दूध र चिज खुवाएर स्वागत गर्छौ ।’ उनले भने- फ्रान्स, अस्ट्रेलिया, बेल्जियमलगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज असाध्यै मन पराउँछन् ।’

५० लाख लगानी
बाख्रापालन र चिज उत्पादनका लागि ५० लाख रूपैयाँ लगानी भएको ठकुरीले सुनाए । ‘बाख्रामा २० लाख र भवन तथा इक्विपमेन्टका लागि २५ लाख रुपैयाँ लगानी छ ।’ उनले भने । लागनीमध्येको अधिकांस बैंकको ऋण भएको उनले बताए ।

कोरियाबाट नेपाल फर्कि सफल उद्यमी बन्नेहरुको आत्मकथा

नेपालीहरु विदेशीने क्रम तीब्र छ । बैधानिक तवरले विदेशिनेहरुको कारण त्रिभुवन विमानस्थलमा दैनिक पाइला राख्ने ठाउँ हुदैन । यसरी दैनिक हजारौंको संख्यामा विदेश पलायन भएका युवाको कमाई र सीपको केही प्रतिशत मात्रै नेपालमा प्रयोगमा आएको तथ्यांक देखिएको छ ।

नेपालको अर्थतन्त्रको मुख्य हिस्सा नै रेमिटयान्सले धानिरेहको बेला भने अब युवाहरु विदेश गएर पैसा मात्रै कमाउने नभई त्यहाँको सीप र श्रमलाई नेपाली धर्तीमा प्रयोग गर्दा विदेशमा भन्दा बढी कमाउन सकिने प्रमाणित गर्न थालेका छन् ।

प्रसङ्ग हो दक्षिण कोरियाको । जहाँ हजारौं युवाहरु ईपीएस प्रणालीमार्फत वर्षेनि जाने गरेका छन् । कोरियामा नेपाली युवायुवतीले मासिक करिब डेढ लाखसम्म कमाउने गरेका छन् । अधिकांश युवाले मेसिनले झै दिनरात गरेर कोरियामा कमाएको पैसा नेपालमा घरखर्चमै सिद्धिने गरेको देखिन्छ ।

तर पछिल्लो समय केही युवाको कोरियन कमाई र सीपलाई नेपालमा प्रयोग गरी लाखौं कमाउने गरेको एउटा गुणात्मक (क्वालीटेटीभ स्याम्पलींग मेथड) नमूना छनौट पद्धतिले देखाएकोछ । कामदारको रुपमा कोरिया गई स्वदेश फर्केर सफल मान्छे बन्न सफल भएकाहरुले शुक्रबार काठमाडौंमा आफ्नो सफलताको कथा सुनाए ।

उनीहरुको सत्य कथाले प्रस्ट पार्दथ्यो की कोरियन कमाई र सीपको संयोजनले नेपालमै लखपती बन्न सकिन्छ । यसरी कोरियाबाट फर्की नेपालमा सफल उद्यमी तथा सफल मान्छेको रुपमा स्थापित भएकाहरुलाई दक्षिण कोरियाको मानवसंसाधन विकास (एचआरडी)को इपीएस कोरिया सेन्टर, ग्वार्कोले सम्मान समेत गरेको छ ।

सेन्टरका निर्देशक लि दोङ सिर्क र ईपीएस नेपाल प्रमुख डिल्ली बास्तोलाले प्रमाणपत्रसहित ५ जना सफल उद्यमीलाई सम्मान गरेका हुन् । कोरियामा सिकेको सीप, मिहनेत, इमान्दारिता र कमाईलाई नेपालमा प्रयोगगरी सफल उद्यमी बनेर उदाहरणीय काम गरेकोमा उनीहरुलाई सम्मान गरिएको निर्देशक सिर्क बताउँछन् ।

सफल उद्यमीको रुपमा सेन्टरले आयोजना गरेको आत्मकथा लेखन प्रतियोगितामा उत्कृष्ट पोखराका हरिप्रसाद धमाल (प्रथम), काठमाडौका मिनोद मोक्तान (द्धितिय), काठमाडौंका नवराज भण्डारी (तृतीय) र नवलपरासीका रामकान्त अर्याल (तृतीय) भएका छन् ।

यसैगरी समाजिक योगदानतर्फ भैरहवाका गम्भीर गुरुङ सम्मानित भएका छन् । सफल उद्यमीहरुको आत्मकथाले दक्षिण कोरियामा भन्दा नेपालमै ५० हजारप्रति महिना बढी आम्दानी गर्न सफल प्रमाणित गरेको छन् ।

यस्तो थियो कोरियाबाट नेपाल फर्कि सफल उद्यमी बन्नेहरुको आत्मकथाको मुख्य अंश
भैरहवाका गम्भीर गुरुङ ९ वर्ष दक्षिण कोरिया कामगरी नेपाल फर्केका हुन् । उनी कोरियाबाट फर्केपछि भैरहवामा बोर्डिङ स्कुल र काठमाडौमा कृषि क्षेत्रमा लगानी गरेका छन् । गुरुङ भन्छन्, “मैले कोरियामा कमाएको पैसा र सीपलाई स्वदेशमा लगाए जसले मलाई अहिले कोरियाको भन्दा बढी कमाई र इज्जत दिएको छ ।”गुरुङले सञ्चालन गरेको फ्युचर लाइट बोर्डिङ स्कुलमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारका सन्ततीलाई छात्रवृति प्रदान गरेका छन् ।

गुरुङले कोरियामा कामगरी नेपाल फर्केकाहरुको सहकार्यमा नेपाल कोरिया विकास परिषद पनि गठनगरी सामाजिक काम गरेका छन् । ३ वर्ष दक्षिण कोरियामा एयरलायन्समा लन्ड्री काम गरेका गुल्मीका होमनाथ भट्टराईले ट्राभल एजेन्सी र गोरखामा गाई फर्मको व्यवसायमा लगानी गरेका छन् ।

कोरियाबाट सिकेको सिप र पुँजी उपयोग गरी व्यवसायी गर्दा राम्रो आम्दानी हुने गरेको अनुभव भट्टराईको छ ।“कोरियामा मासिक १ लाख ५० हजार रुपियाँ कमाई हुन्थ्यो”, उनी थप्छन्, “यहाँ व्यवसायबाट मासिक २ लाख जति नाफा हुन्छ ।”विदेशमा कामदार भएर तल्लोस्तर पदमा वस्नुपर्दथ्र्याे, यहाँ मालिक भएर काम गर्न पाउँदा आनान्द भइरहेको भट्टराई बताउँछन् ।

भट्टराई काठमाडौको ठमेलमा जे भिल नेपाल ट्राभल र ट्रेकिङ एजेन्सी छ । गोरखामा जग्गा लिजमा लिएर गाई फर्म सुरु गरेका छन् । “सन् २००७ देखि व्यवसाय लगानी सुरु गरेको हुँ”, उनी भन्छन्, “मेरा ग्राहक पनि कोरियन नै हुन् ।” भूकम्पछि भने पर्यटक घटेकाले व्यापार केही खस्केको उनी बताउँछन् । गुल्मीकै रामकान्त अर्याल नवलपरासीमा पोल्ट्री फर्म र रियलस्टेट व्यवसाय गरेका छन् ।

उनले रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत कोरियामा ५ वर्ष काम गरे । “कोरियाको कमाईलाई व्यवसायमा लगानी गरे” उनी थप्छन्, “कमाई राम्रो छ ।”कोरियामा गार्मेन्ट काम गरेका काठमाडौंका नवराज भण्डारीले झोला उद्योग खोलेर रोजगारी सृजना गर्नुका साथै राम्रो आम्दानी गरेका छन् । उद्योगबाट ३० जनाले रोजगारी पाएका छन् ।

“काठमाडौको कालोपुलमा सनराइज ट्रेडर्स झोला व्यवसाय ४० लाखबाट सुरु गरेको थिएँ, अहिले वार्षिक कारोबार नै डेढ करोड रुपियाँ पुग्छ”, १० वर्ष कोरिया बसेका भण्डारी भन्छन्, “यो दक्षिण कोरियाको सिप र पुँजीको उपज हो ।”झोला उद्योगमा ताइवानको कच्चा पदार्थ प्रयोग गर्ने गर्छन् । “केही स्पेशल झोलाको अर्डर आउछ” भण्डारी भन्छन्, “त्यसले व्यापार झन् बढाउँछ ।” कोरियाभन्दा यहाँ राम्रो कमाई हुने गरेको उनी बताउँछन् ।

पोखराका हरिप्रसाद धमाल उच्च गुणस्तरका बाथ टव, झयाल र ढोका उत्पादन उद्योग खोलेका छन् । “उद्योगबाट राम्रो कमाई हुन थालेको छ” ४ वर्षदेखि पोखरामा व्यवसाय गरेका धमाल भन्छन्, “अझै विस्तार गर्ने योजनामा छु । वार्षिक कमाई ५०–६० लाख रुपियाँ हुन्छ ।”भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि कोरियाबाट कच्चा पदार्थ ल्याउने तयारी रहेको धमाल बताउँछन् ।

“विनाशकारी भूकम्पका कारण भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्छ भन्ने सोच विकास भइसकेको छ” उनी भन्छन्, “त्यही कारण डाँडाका भूकम्प प्रतिरोधात्मक घर बनाउने योजना छ । मिनोद मोक्तान पनि काठमाडौमा रेष्टुरेन्ट, इन्स्टीच्युट र समाजसेवा व्यवसाय गरेका छन् ।

कोरियामा गार्मेन्टमा ६ वर्ष काम गरेर फर्केका भैरहवाकै उमेश थापा लाटोमगरले भैरहवामा कोरियन कलेक्सन हुदैं अहिले रेन्बो कलर हाउस सन्चालन गरेका छन् । कोरियामा कमाएको रकम मध्ये शुरुमा २५ लाख लगानी गरेर व्यवसाय गरेका उनले भने, “कोरियाले मेहनत र इमान्दारीता सिकायो । म अहिले जे छु सन्तुष्ट छु । २, ४ जनालाई रोजगारी पनि दिएको छु


ईपीएसद्धारा ५ उद्यमी सम्मानित
दक्षिण कोरियाको मानव संशाधन विकास (एचआरडी)को ईपीएस कोरिया सेन्टरले आत्मकथा लेखन प्रतियोगितामा उत्कृष्ट ५ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । शुक्रबार सेन्टरका निर्देशक लि दोङ सिर्कले प्रमाणपत्रसहित ५ जना उद्यमीलाई सम्मान गरेका हुन् ।

कोरियाबाट फर्केपछि आफूलाई स्वदेशमा स्थापित गराउन सफल ५ उद्यमीको आत्मकथा लेखनबाट छनोट गरी सम्मान गरेको हो । “कोरियामा गएर पैसा कमाउने मात्र होइन, स्वदेशम सीपलाई स्थापित गर्नुपर्छ,” निर्देशक सिर्कले भने, “यो नेपाली कामदारले गरेका छन् ।”  पोखराका हरिप्रसाद धमाल (प्रथम), काठमाडौंका मिनोद मोक्तान (द्वितीय, काठमाडौंका नवराज भण्डारी (तृतीय) र नवलपरासीका रामकान्त अर्याल (तृतीय) भएका छन् । सामाजिक योगदानतर्फ भैरहवाका गम्भीर गुरुङ सम्मानित भएका छन् । 

कोरियाको सीपले नेपालमा करोडपती बनेका सफल युवा । भिडियो सहित

भारतीय सेनाको जागिर छाडी कमाउनकै लागि कोरिया छिरे । सुरुका केही वर्ष पैसाकै लागि मरि मेटे । उनलाई लाग्यो, अब यतै सीप सिकेर नेपाल फर्केर केही काम गर्नुपर्छ । दक्षिण कोरियाको ठूलो बंगुर फार्ममा उनले काम गरे । फर्केर खेती किसानी नै गर्ने सोचमा थिए उनी, अर्थात् स्याङ्जाको कोल्मा ओरस्टेका छ्यामबहादुर थापा ।
नेपाल फर्कने बेलामा बंगुर फारमका मालिकसँग उनले सल्लाह मागे ।

“हाम्रो देशमा बंगुर पाल्नेलाई राम्रो मान्दैनन, म गाउँ गएर बाख्रा पाल्छु ।” यो सुनेर ती मालिक मज्जासँग हाँसे र भने, “छ्याम तिमीले व्यवसाय नै गर्ने हो भने बंगुर पाल बाख्रा हैन ।” छ्यामले कारण सोधे । उत्तर सहज थियो । “एउटा बाख्रा एक वर्षमा बढीमा दुई पटक ब्याउँछ, बढीमा एक बेतमा दुईवटा पाठापाठी पाउँछ । एउटा बोको वा खसी एक वर्षमा धेरै भए ३० किलो हुन्छ । लगानी अनुसार प्रतिफल लिन गाह्रो पर्छ । उता एउटा बंगुर एक वर्षमा तीन पटक ब्याउँछ । एक बेतमा कम्तिमा आठवटा बच्चा पाउँछ । एउटा बच्चा छ महिनामा ८० देखि एक सय किलो हुन्छ, ल तिमी नै भन नाफा के गर्दा हुन्छ ?”

बंगुर फारमका मालिकको भनाइबाट प्रभावित भएका छ्याम जसै नेपाल फर्के उसै लेखनाथको रिठेपानीमा जग्गा किनेर दुईवटा बगुंरबाट ब्यवसाय थाले । विदेशमा पाँच वर्षसम्म सिकेको सीप उनले भरपुर प्रयोग गरे । एक पछि अर्को सफलता मिल्दै गयो, अहिले उनको फारममा साना ठूला गरी एक हजार आठ सय बंगुर छन् ।
उनको रहर यतिमै पुगेको छैन, फारमको क्षमता दुई हजारको छ, अबको तीन महिना भित्रमा उनले फारम पूर्ण क्षमतामा संचालनमा ल्याउनेछन् । भन्छन्, त्यसपछि बल्ल नियमित रुपमा राम्रो कमाइ हुने आशा लिएको छु । लेखनाथ २ रिठ्ठेपानीमा १३ रोपनी जग्गा किनेर २०६३ सालबाट पोखरा लाइभस्टक प्रालि संचालनमा ल्याएका हुन् । अहिले वरिपरी ५० रोपनी भन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्दै आएका छन् ।
सुरुका केही वर्ष काम मन्द गतिमा भए पनि अहिले भने उनीहरु आफ्नो ब्यवसाय अझै बढाउने सुरुमा लागेका छन् । दुईवटा माउबाट काम थालेको हो, अहिले एक सय ८० भन्दा बढी माउ छन्, दुई सय भन्दा बढी माउ पुर्उने लक्ष्य हो, त्यति गर्न सकियो भने माग पुरा गर्न सकिन्छ होला, छ्याबहादुरले भने । फारममा छिरेर अवलोकन गर्दा लाग्छ, यो अस्पताल नै हो कि जस्तो ।

एकतिर प्रसुति कक्ष छ, जहाँ गर्भवती माउले बच्चा जन्माउँछन् । छाउराका लागि अलग्गै कक्ष, गर्भवती भएलगत्तै राख्ने अर्को कक्ष, भाले र वयस्कलाई राख्ने अर्को कक्ष । उमेर र अवस्था अनुसार बंगुरलाई आहर चाहिन्छ र त्यही अनुसारको आराम र तापक्रम पनि । जस्तै गर्भवती माउलाई खुल्ला स्थानमा छाडिदियो भने असर पर्ने भएकाले चल्लन नमिल्ने साँघुरो स्थानमा राख्नुपर्छ र खाना पनि अरु बेला भन्दा पौष्टिक दिनुपर्छ ।
अहिले ठूला/ठूला आठवटा खोर छन् । भूकम्पपछि बजारमा मासुको माग घटेको छ । दैनिक तीन/चारवटा बंगुर, थप चारवटा खोर बनाएर दुई हजार भन्दा बढी बंगुर पाल्ने योजना उनीसंग छ । त्यसका लागि खोर बनाउने काम सुरु भइसकेको छ । अहिले दिनमा दुई/तीनवटा भन्दा बढी बंगुर बजार पठाउन सकिंदैन, दिनमा १० वटा भन्दा बढी बंगुर बजार पठाउन सकेको खण्डमा आम्दानी राम्रो हुने उनले बताए ।

अहिले सबै खर्च कटाएर मासिक सरदर डेढ लाख रुपैयाँ आम्दानी हुन्छ । अहिले बंगुर फार्ममा उनीहरुले तीन करोड रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन् । छ्यामले भने, ठूलो लगानी हामीले गरिसकेका छौं, अब बंगुरको संख्या थपे पनि लगानी त्यति धेरै थप्नु पर्दैन्, राम्रै कमाइ हुने आशामा छौं । कोरियाको प्रविधिको प्रयोग गर्दै उनले आधुनिक खोरमा योर्कसायर, लेनरेस, ड्युरोक र ह्यामसायर गरी चार जातका बंगुर पालेका छन् ।

बंगुरको स्वास्थ्यमा पनि उनीहरु बढी नै सचेत छन् । जन्मेलगत्तै आइरन, ४० दिनमा जुकाको औषधि, दुई महिनापछि स्वाइनफ्लुको औषधि, त्यपछि खोरेतको सुरइ र टेपवर्मको औषधि दिए पनि बंगुर पूर्ण रुपमा रोगमुक्त हुन्छ । बजारमा बंगुरको मासु स्वस्थकर हुन्न भन्ने हल्ला बढी चलेको हुन्छ, हामी यसमा सचेत भएकाले हाम्रो उत्पादनमा कुनै शंका गर्नु पर्ने ठाउँ छैन, उनले भने ।

स्थानीय बजारमा मात्र बंगुर र बंगुरको मासु बेच्दै आएका उनले पोखराकै पर्यटकीय क्षेत्रमा भने मासु पुर्‍याउन सकेका छैनन । विदेश निर्यात त कुरै छाडौं । एउटा बंगुर सात महिनामा सरदर एक सय किलोको पुगेपछि मासुका लागि उपयुक्त हुन्छ । धेरै उमेर र तौलको बंगुर मासुको लागि उत्तम नहुने र पाल्न पनि बढी खर्चिलो हुन्छ । बजारमा खसी, कुखुराको जस्तो निश्चित भाउदर बंगुरको मासुको नभएको उनीहरुले बताएका छन् ।
घरायसी रुपमा फ्याकिएको खाना खुवाएर पालिएका बंगुर र यसरी अत्याधुनिक तरिकाले पालिएका बंगुरबीच तुलना हुनै सक्दैन, छ्यामले भने । काटेको मासु प्रतिकिलो तीन सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।
मासु बिक्रीको लागि उनीहरुले बुद्धचोकमा अत्याधुनिक वधशाला संचालन गरेका छन् । सुरुमा परम्परागत रुपमै काटिए पनि टुक्रा पार्नका लागि स्लाइस मेसिनको प्रयोग गरिन्छ । आवश्यकता अनुसारका टुक्रा पार्न, हड्डी र मासु छुट्याउनका लागि कोरियाबाटै झिकाइएको मेसिन प्रयोग गरिएको छ ।

राष्ट्रपति पुरस्कारले हौस्यायो
यी मेहनती र उद्यमशील किसान छ्यामबहादुर थापाले हालै मात्र राष्ट्रपति उत्कृष्ठ किसान पुरस्कार पनि हात पारे । कास्की जिल्लाका उत्कृष्ठ पाँचमा छनोटमा परेका उनी पश्चिमाञ्चल क्षेत्रमात्रै नभएर नेपालकै पाँच उत्कृष्ठमा छानिएर एक लाख रुपैयाँ नगद पुरस्कार पनि हात पारे ।
भन्छन्, “लेखनाथका कुनामा मैले काम गरेको कसैले थाहा पाएका छैनन जस्तो लाग्थ्यो, मिडियाले प्रचार गरिदिएका छन् । अहिले त पुरस्कार नै हात लाग्यो, म त निकै हौसिएको छु ।” यी उत्कृष्ट किसानको फारमबाट मासुका साथै फारमबाट बर्सेनी दुई हजार भन्दा बढी पाठापाठी बिक्री हुने गरेका छन् । जन्मेको ४० दिनपछि एउटा पाठाको चार हजार पाँच सय रुपैयाँ पर्छ । पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मका मानिस पाठापाठी किन्न आउने उनले बताए ।

आफ्नै दाना उद्योग
बंगुर निकै खन्चुवा पशु भनेर चिनिन्छ । तर छ्याम यसलाई नकार्छन् । पौष्टिक तत्व कम भएको खाना दिए बंगुरले जति पनि खान्छ । तर भिटामिन र प्रोटिनको मात्र मिलाउन सके थोरै दानाले पनि बंगुर अघाउँछ् ।
नेपालमा बंगुरका लागि उत्कृष्ठ दाना नपाइने भएकाले बारीमै फलेका तरकारी, साग, कुखुराको आन्द्रा मिसाइ पकाएर खुवाए । अहिले भने कच्चा पदार्थ बाहिरबाट ल्याएर फारमभित्रै दाना उद्योग संचालन गरेका छन् उनले । मकै, गहुँ भट्मास, सिद्रालगाउयतका सामग्रीबाट बनाएको दाना आफूले पालेका बंगुरलाई पु¥याएर अन्यत्र बेच्ने समेत गरेका छन् । बंगुरको मल प्रयोग गरेर नजिकैको जग्गामा अर्गानिक खेती लगाउने योजनामा थापा छन् । दाना पकाउन र पानी तताउन उनले बंगुरकै दिसाबाट गोबरग्यास बनाएका छन् ।
अहिले सो फारममा १६ जना कामदार छन् । भारतीय सेनामा भर्ती भएको चारवर्षपछि छाडेर कोरिया छिरेका ४७ वर्षे छ्याम थापालाई र भाइ राजुको साथ छ । उद्यमशीलता र सिपका कारण अहिले स्वदेशमा नै उदाहरणीय काम गरेकोमा सन्तुष्ट छन् ।

बंगुरमा कृत्रिम गर्भधारणको तयारी
नेपालमा गाईभैसीमा कृत्रिम गर्भाधारण गरिए पनि बंगुरमा भने प्रचलनमा छैन । छ्यामबहादुर थापाले संचालन गरेको पोखरा लाइभस्टक प्रालिले अब यसको तयारी थालेको छ । गुणस्तरीय उत्पादनका लागि कृत्रिम गर्भाधारण प्रणाली प्रभावकारस् हुने उनको सोच छ ।
एक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा कृत्रिम गर्भाधारणका लागि प्रयोगशाला कक्ष निर्माण भइरहेको छ । केही सामान पनि विदेशबाट आइसकेको उनले बताए । अमेरिकाबाट ल्याएको बंगुरको बिर्य यहीका पोथीमा प्रयोग गरी हाइब्रिड जातको बंगुर उत्पादन गरी त्यसैको बिर्य निकालेर कृत्रिम गर्भाधारणको लागि प्रयोग गरिने छ । यसका लागि ५० लाख भन्दा बढी लगानी हुन्छ ।

आधुनिक बधशाला
ठूलो ज्यानको बंगुर मार्न नेपालमा निकै पुरानो प्रविधि प्रचलनमा छ । घनले टाउकोमा हान्ने वा भालाले पेटमा रोपेर मार्ने । यसो गर्दा मासुको गुणस्तरमा कमी त आउँछ । त्यति मात्र नभएर बंगुरलाई निकै सास्ती पनि हुन्छ । आफू मर्नु अघि त्रासमा भएको पशुको मासु पनि गुणस्तरको हुँदैन ।
अनि पशु अधिकारको पनि कुरा आउँछ । छ्यामले भने अब आफ्नै फारमभित्र स्लटर हाउस बनाउँदैछन् । जसमा मेसिनले नै बंगुरको बध गर्नेछ । रगत बगेर सकिएपछि शरिरको सरसफाई मेसिनकै सहारमा हुनेछ । यसका लागि चिनिया मेसिनको लागि अर्डर पनि भइसकेको छ । स्लटर हाउस बनेपछि प्लाष्टिक प्याकिङ र ससेज बनाउने तयारीमा समेत उनी छन् ।

  • साझा सवालमा छ्याम थापासँग गरेको कुराकानीको भिडियो 

लिंक: https://youtu.be/kaazhw234jE



  • नेपाल टुडेले छ्याम थापासँग गरेको कुराकानीको भिडियो 




लिंक: https://youtu.be/7jXJW7IWRNY